राष्ट्रिय सभामा आज विनियोजन विधेयकमाथि विषयगत छलफल हुँदै

हिमालय टिभी
२०७७ असार १ गते ७:२९
राष्ट्रिय सभामा आज विनियोजन विधेयकमाथि विषयगत छलफल हुँदै

१ असार, २०७७ काठमाडौं । संघीय संसद राष्ट्रिय सभामा विभिन्न ११ मन्त्रालयका लागि विनियोजित बजेट माथिको विषयगत छलफल हुँदैछ ।

संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त आर्थिक, राष्ट्र ऋण उठाउने र ऋण तथा जमानत विधेयक टेबुल गरिएसँगै छलफल शुरु हुने छ ।

आज कानून, न्याय तथा संसदीय मामिला, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, भौतिक पूर्वाधार तथा यातायात, सहरी विकास र खानेपानी मन्त्रालयको बजेटमाथि छलफल हुने छ ।

यस्तै भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण, युवा तथा खेलकुद, अर्थ, सञ्चार तथा सूचना प्रविधि, श्रम, रोजगार, तथा सामाजिक सुरक्षा र वन तथा वातावरण मन्त्रालयको बजेटमाथि पनि छलफल हुने कार्यसुची रहेको छ ।

सांसदहरु प्रकाश पन्थ, माननीय तारादेवी भट्ट, जितेन्द्र नारायण देव, अनिता देवकोटा र रमेश जंग रायमाझीले विभिन्न मन्त्रालयको खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *