Main News

नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो

हिमालय टिभी
२०७७ जेठ ३२ गते १६:३४
नेपालमा थप ४ सय २५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ५७६० पुग्यो

३२ जेठ, २०७७ काठमाडौं । नेपालमा थप ४२५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या पाँच हजार ७ सय ६० पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ६१ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन् । यो सहित डिस्चार्ज हुनेको संख्या ९ सय ७४ पुगेको छ। जसमध्ये पुरुष ८७७ र महिला ९७ जना छन् ।

आज थप एक जिल्लामा संक्रमण फैलिएको छ । आज रुकुम पूर्वमा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको हो । यो सँगै देशका ७३ जिल्लामा कोरोना संक्रमण देखिएको छ ।

यसैबीच नेपालमा थप एक जनाको कोरोना स‌ंक्रमणका कारण थप एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले गुल्मीको धुर्कोट गाउँपालिका ४ जैसीथोकका ३६ वर्षीय पुरुषको गएराति निधन भएको जानकारी दिनुभयो ।

मृतक पुरुष क्यान्सरका विरमी थिए । दुई वर्षदेखि अर्बुद र पायल्सको बिरामी रहेको जनाइएको छ । सुरक्षाकर्मीको समूहले राति नै जैसीथोकस्थित एक जङ्गलमा शव व्यवस्थापन गरेको छ । यससँगै गुल्मीमा कोरोनाका कारण ज्यान गुमाउने दुई जना पुगेका छन् ।

यसअघि मदाने गाउँपालिकाका ४१ वर्षीय पुरुषको बुटबलमा निधन भएको थियो । नेपालमा हालसम्म कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको छ । जसमा १६ जनाको भने मृत्युपछि मात्र कोरोना पुष्टि भएको छ ।

त्यसंैगरी अबदेखि निजी प्रयोगशालाले पनि कोरोनाको पिसिआर परीक्षण गर्न पाउने भएका छन् ।

आज भएको नियमित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयकाका प्रवक्ता डाक्टर जागेश्वर गौतमले निजी प्रयोगशालामा पनि कोरोना परीक्षण गरिने र त्यसको खर्च सरकारले नै व्यहोर्ने जानकारी दिनुभयो ।

सरकारले यसअघि नै मापदण्ड पुगेका निजी प्रयोगाशलामा कोरेना परीक्षण गर्ने भन्दै निर्देशिका नै जारी गरेको थियो । जस अनुसार केही प्रयोगशालाले परीक्षणको अनुमतिको लागि स्वास्थ्य मन्त्रालयमा निवेदन पनि दिएका थिए । तर मन्त्रालयले उनीहरुलाई अनुमति दिएको थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *