Political Hightlights

विप्लव समूहले गर्‍यो पहिलोपटक ओली सरकारको प्रशंसा

हिमालय टिभी
२०७७ जेठ ३२ गते १५:५७
विप्लव समूहले गर्‍यो पहिलोपटक ओली सरकारको प्रशंसा

३२ जेठ, २०७७ काठमाडौं । सरकारविरुद्ध संघर्ष गरिरहेको प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पहिलोपटक ओली सरकारको प्रशंसा गरेको छ ।

नेपालको नयाँ नक्सा संसदबाट पारित गरेर सरकारले देशको हितमा एक कदम अघि बढेको नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवको प्रतिक्रिया छ । विज्ञप्ति निकालेर विप्लवले सरकारको समर्थन गर्नु भएको हो । तर समर्थन गर्दा गर्दै पनि प्रधानमन्त्री ओलीमाथि विप्लवका आशंका छ ।

जनमत र संघर्षको दबाबमा परेर केपी ओली सरकार २०७७ जेठ ३१ गते उक्त भूभागहरु समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य भएको छ । तथापि सरकार संसद्को यो निर्णय देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ ।

‘भारतले नेपालका लिम्पियाधुरा, लिपुलेक, कालापानी ५८ वर्षदेखि आफ्नो कब्जामा राखेको छ । त्यसविरुद्ध नेपाली देशभक्त जनता, विज्ञ, बुद्धिजीवी, क्रान्तिकारी शक्तिहरुले निरन्तर संघर्ष गर्दै आएका छन् ।’

विप्लवको विज्ञप्तिमा भनिएको छ– जनमत र संघर्षको दबाबमा परेर केपी ओली सरकार २०७७ जेठ ३१ गते उक्त भूभागहरु समेटिएको नक्सा संसदबाट पास गर्न बाध्य भएको छ । तथापि सरकार संसद्को यो निर्णय देशको हितमा एक कदम भए पनि अगाडि बढेको छ ।’

विप्लवले नक्सा जारी गरेर मात्रै नहुने बताउँदै उक्त भूभागहरु नेपालको प्रत्यक्ष स्वामित्वमा लिनका लागि अगाडि बढ्न आवश्यक रहेकोमा जोड दिनुभएको छ ।

‘हामी नक्सा पास गरेर जनजागरणलाई मत्थर मात्र पार्ने कार्यमा सीमित नरही यथाशीघ्र कूटनीतिक र राजनीतिक पहल गरेर कालापानी क्षेत्रबाट भारतलाई फर्काउन र यी भूभागलाई नेपालको प्रत्यक्ष स्वामित्वमा लिन अगाडि बढ्न आवश्यक छ भन्ने धारणा स्पष्ट पार्न चाहन्छौँ’, विज्ञप्तिमा उल्लेख छ ।

विप्लवले आम नागरिकलाई पनि सरकारको मुख नताकेर देशको सार्वभौमिकता र स्वाधीनताको पक्षमा हरदम जागरुक रहन अनुरोध पनि गर्नुभएको छ ।

विप्लवले ‘देशमाथि कुनै पनि साम्राज्यवादी अतिक्रमणलाई सहन नगर्ने बरु डटेर प्रतिरोध गर्ने प्रतिवद्धता’ व्यक्त गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्