समाज

जिप दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माको मृत्यु

हिमालय टिभी
२०७७ जेठ ३२ गते १४:३३
जिप दुर्घटनामा प्रतापपुर गाउँपालिका अध्यक्ष शर्माको मृत्यु

३२ जेठ, २०७७ नवलपरासी । जिप दुर्घटनामा परी नवलपरासी पश्चिचमको प्रतापपुर गाउँपालिकाका अध्यक्ष राजकुमार शर्माको मृत्यु भएको छ ।

लु १ झ ३७० नम्बरको जिप दुर्घटनामा घाइते भएका शर्माको चिसापानी सामुदायिक अस्पताल चौपत्ता ल्याउँदै गर्दा बाटोमै मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय पश्चिम नवलरासीका प्रमुख एसपी अजय केसीले जिप अनियन्त्रित भई बर्दघाटको लक्ष्मीनगर पुलबाट तल खोलामा खसेको जानकारी दिनुभयो ।

जिल्ला विपद् व्यस्थापन समितिको परासीमा राखिएको बैठकमा सहभागी हुन जाने क्रममा शर्मा आफैंले चलाएको जिप दुर्घटनामा परेको हो । शर्मासँगै जिपमा सवार हरिलाल राजभर घाइते भएको एसपी केसीले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *