अन्तर्वार्ता

नेपालले भूमि फिर्ताका लागि अपनाउने बाटो के हुन सक्छ ? प्रा. शम्भुराम सिंखडा

हिमालय टिभी
२०७७ जेठ ३२ गते १३:२०
नेपालले भूमि फिर्ताका लागि अपनाउने बाटो के हुन सक्छ ? प्रा. शम्भुराम सिंखडा

प्रतिनिधिसभाले ऐतिहासिक एवं अभूतपूर्व एकताका साथ शनिबार संविधानको अनुसूची ३ संशोधन गरेर कालापानीदेखि लिम्पियाधुरासम्म गुमेको नेपाली भूभागलाई आफ्नो नक्शामा औपचारिक रुपमा समेटेको छ ।

शनिबार बसेको चार घण्टा लामो संसद बैठकमा सबै राजनीतिक दलहरुमा ऐक्यबद्धता र राष्ट्रिय एकता देखियो । परराष्ट्रविद् प्रा. शम्भुराम सिंखडाले यो नेपालका लागि ऐतिहासिक भएको बताउँदै अबको कदम भनेको तातेको नेपाल–भारत सम्बन्ध चिसो बनाएर वार्ता सुरु गर्नुपर्ने बताउनुभयो ।

हिमालय टेलिभिजनको नियमित कार्यक्रम समय सन्दर्भमा सरोज सिंह थापासँग कुरा गर्दै उहाँले अब कूटनीतिक वार्ता सुरु गर्न सरकारले ढिलो गर्न नहुने बताउनुभयो । कथम कदाचित भारत वार्ताबाट भागे उसलाई वार्तामा कसरी ल्याउने र वार्ता हुन नसके के गर्ने भन्ने योजनासमेत सरकारले तयार गर्नु पर्ने उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्