Main News

विद्यार्थीलाई भोलिबाट रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरिने

हिमालय टिभी
२०७७ जेठ ३२ गते १३:१३
विद्यार्थीलाई भोलिबाट रेडियो र टेलिभिजनबाट पढाउन सुरु गरिने

३२ जेठ, २०७७ काठमाडौं । लकडाउनका कारण विद्यालय जान नपाएका विद्यार्थीहरुका लागि सरकारले भोलिदेखि रेडियो र टिभीबाट पढाउन सुरु गर्ने भएको छ ।

एफएम, टिभी र इन्टरनेट सेवा प्रदायक कम्पनीहरुमार्फत् सरकारले विद्यार्थीहरुलाई पढाउन सुरु गर्न लागेको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा. तुलसीप्रसाद थपलियाले जानकारी दिनुभयो ।

टेलिभिजनमा कक्षा एकदेखि आठ कक्षासम्मको पढाइ भोलिदेखि सुरु हुने तालिका प्रकाशन गरिसकेको उहाँको भनाइ छ । थपलियाका अनुसार असार १ गतेदेखि असार ३१ गतेसम्म विषयगत पाठहरु नेपाल टेलिभिजनको एनटिभी प्लसबाट पढाइ हुने छ ।

यस्तै कक्षा ९ र १० को विषयगत पाठहरु भने डिस होम, नेट टिभी, म्याक्स टिभीको स्कुल एजुकेसन च्यानलबाट प्रसारण हुने छ । विद्यालयहरु तत्कालै खुल्ने अवस्था नरहेकाले वैकल्पिक विधिबाट पढाउन क्रियाकलापमा आधारित सिकाइ सहयोगी सामग्री पनि बनाइएको शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक डा। थपलियाले बताउनुभयो ।

कतिपय पालिकाले तीन कक्षासम्मको सामग्री घर–घरमा र टोल–टोलमा धमाधम वितरण गरिरहेको उहाँले बताउनुभयो । लकडाउनकै बीचमा कतिपय विद्यालयहरुले इन्टरनेट प्रविधि प्रयोग गरी विद्यार्थीलाई पढाइरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *