Political Hightlights

सरकारले कोरोना रोकथाम र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको सांसदहरुको आरोप

हिमालय टिभी
२०७७ जेठ ३२ गते १२:४२
सरकारले कोरोना रोकथाम र भ्रष्टाचार नियन्त्रण गर्न नसकेको सांसदहरुको आरोप

३२ जेठ, २०७७ काठमाडौं । सांसदहरुले कोरोना रोकथाम र भ्रष्टाचार नियन्त्रणका लागि प्रभावकारी काम गर्न सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले सरकारले कोरोना रोकथामका लागि प्रभावकारी काम गर्न नसकेको बताउनुभयो ।

उहाँले सरकारले केही पनि काम गर्न नसक्ने तर त्यसको दोश कांग्रेसलाई लगाउने गरेको बताउनुभयो ।

बैठकमा नेकपाका सांसद मातृकाप्रसाद यादवले प्रदेश २ मा कोरोना नियन्त्रणमा ठूलो समस्या रहेको बताउनुभयो । उहाँले कडा भाइरस आएको भन्ने प्रधनमन्त्रीलाई कडा खालको उपचारको व्यवस्था मिलाइदिन माग गर्नुभयो ।

उहाँले प्रदेश सरकारले पनि कुनै प्रभावकारी योजनाका साथ कोरोना रोकथामका लागि काम गर्न नखोजेको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्