समाज

गण्डकी प्रदेशको नवलपुरमा थप दुई जनाका कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ जेठ ३२ गते १२:०९
गण्डकी प्रदेशको नवलपुरमा थप दुई जनाका कोरोना संक्रमण पुष्टि

३२ जेठ, २०७७, कास्की । गण्डकी प्रदेशको नवलपुरमा थप दुई जनामा कोरोना सङ्क्रमण देखिएको छ।

देवचुली नगरपालिका घर भई हाल क्वारेनटाइनमा रहेका दुई पुरुषमा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिनुभयो ।

यो सँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १ सय ९९ पुगेको छ । हिजो नेपालमा एकै दिन २ सय ७३ जनामा संक्रमण देखिएको थियो ।

यो संगै नेपालमा संक्रमित हुनेको संख्या ५ हजार ३ सय ३७ पुगेको छ । १८ जनाको ज्यान गइसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *