Main News

कोरोनाका कारण विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकियो

हिमालय टिभी
२०७७ जेठ ३२ गते १२:०३
कोरोनाका कारण विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकियो

३२ जेठ, २०७७ काठमाडौं । कोरोना भाइरसको संक्रमणले विदेशमा नेपालीको मृत्यु हुने क्रम रोकिएको छ ।

गैरआवासीय नेपाली संघ एनआरएनएका अनुसार विगत ८ हप्ता लगातार बिभिन्न देशमा नेपालीले ज्यान गुमाएका थिए । तर यो साता भने कोरोना संक्रमणले कुनै नेपालीले ज्यान गुमाउन परेन ।

एनआरएनए अन्तरर्गतको स्वास्थ्य समितिका अनुसार विश्वका विभिन्न देशमा कोरोना संक्रमण दरमा हिजो साँझसम्म उल्लेख्य रुपमा कमी आएको छ ।

डेनमार्क, नेदरल्याण्ड, अष्ट्रेलिया, जापान, म्यानमार, पोल्याण्ड, रुस, न्युजिल्याण्ड, क्यानाडा, फिनल्याण्ड, आयरल्याण्ड, जर्मनी, स्वीडेन, फ्रान्स, बेल्जियमलगायतका १५ देशमा बस्ने नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

एनआरएनए स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा ९ हजारभन्दा बढी नेपाली कोरोना संक्रमणबाट मुक्त भएका छन् ।

स्वास्थ्य समितिका संयोजक डा सञ्जीव सापकोटाका अनुसार सो साता पहिलो पटक अफ्रिकी मुलुकमा रहेका ३ जना नेपालीमा कोरोना संक्रमण भेटिएको छ । हालसम्म विश्वभर कोरोनाका कारण १४५ जना नेपालीले ज्यान गुमाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *