Main News

सरकारले विदेशबाट नेपाल फर्कने नेपालीका लागि फेरि घटायो भाडादर

हिमालय टिभी
२०७७ जेठ ३२ गते ७:२६
सरकारले विदेशबाट नेपाल फर्कने नेपालीका लागि फेरि घटायो भाडादर

३२ जेठ, २०७७ काठमाडौं । सरकारले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तोकिएको हवाई भाडादर फेरि घटाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले यसअघि २ पटक सार्वजनिक गरेको भाडा महँगो भएको भन्दै विरोध भएपछि तेस्रोपटक घटाइएको हो ।

हालको प्रस्तावित हवाई भाडादरमा पुनरावलोकन गर्न पर्यटन मन्त्री योगेश भट्टराईले नेपाल वायुसेवा निगम र हिमालयन एयरलाइन्सलाई अनुरोध गरेपछि निगमले भाडादरमा पुनरावलोकन गरेको हो ।

नेपाली श्रमिकको मुख्य श्रम गन्तव्य देशको भाडा मात्र घटाइएको हो । पहिलो पटक तय गरिएको चार्टर्ड उडानको भाडादरको चौतर्फी विरोध भएपछि शुक्रबार साँझ भाडादर केही घटाइएको थियो ।

त्यो भाडादर पनि सामान्य अवस्थाकोभन्दा महंगो भएको भन्दै स्वदेश फर्कने तयारीमा रहेका श्रमिकले गुनासो गरिरहेका थिए । कुल लागतको २० प्रतिशत वा १०० डलरसम्म भाडा घटाउने निर्णय भएको छ । घटेको भाडादर आजैदेखि कार्यान्वयनमा आउने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *