Main News

थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो, थप दुई जनाको मृत्यु

हिमालय टिभी
२०७७ जेठ ३१ गते १६:३८
थप २७३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ५३३५ पुग्यो, थप दुई जनाको मृत्यु

३१ जेठ, २०७७ काठमाडौं । नेपालमा आज थप २ सय ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ३५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाए अनुसार पछिल्लो पटक सबैभन्दा बढी रौतहटमा ९२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । त्यस्तै सुर्खेतमा ४० र दैलेखमा ३० जना संक्रमित भेटिएका छन् ।

कपिलवस्तुमा २० जना, बाँकेमा १८ जना, रोल्पामा १७ जना र सर्लाहीमा ११ जना नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै पर्सामा र बर्दीयामा ६–६ जना, झापा, कपिलवस्तु र रुपन्देहीमा ५–५ जना, मोरङ, पर्वत ४–४ जना तथा दाङ, सर्लाही र गुल्मीलमा थप २–२ जनामा संक्रमण पुष्टि भएको छ । बारा, नवलपरासी पश्चिम र महोत्तरीमा १–१ जना नयाँ संक्रमित थपिएका छन् ।

यसैबीच नेपालमा थप दुई जनामा मृत्युपछि कोरोना पुष् वीरगञ्जको एक अस्पतालमा उपचारका क्रममा मृत्यु भएका बालक र बेवारिसे अवस्थामा मृत फेला परेको छ ।

मन्त्रालयको निमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर जागेश्वर गौतमले बाराको निजगढ नगरपालिका –६ का पाँच वर्षीय बालक र वीरगन्जको घण्टाघर नजिकै विपी उद्यान परिसरमा जेठ २८ गते मृत अवस्थामा भेटिएका अन्दाजी २५ वर्षीय पुरुषमा संक्रमण देखिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *