Main News

सरकारद्वारा कोरोना नियन्त्रणमा अहिलेसम्म ८ अर्ब ३९ करोड खर्च भएको विवरण सार्वजनिक

हिमालय टिभी
२०७७ जेठ ३१ गते १२:५४
सरकारद्वारा कोरोना नियन्त्रणमा अहिलेसम्म ८ अर्ब ३९ करोड खर्च भएको विवरण सार्वजनिक

३१ जेठ, २०७७ काठमाडौं । सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा नियन्त्रणमा अहिलेसम्म करिब आठ अर्ब ३९ करोड रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरेको छ  ।

कोरोना परीक्षण प्रयोगशाला, आइसोलेसन स्थापना, कोरोना अस्पताल तथा क्वारन्टिइन निर्माण, औषधि तथा स्वास्थ्य सामग्रीको खरिदमा उक्त रकम खर्च भएको जनाइएको छ । जसमध्ये दुई अर्ब ३६ करोड ९५ लाख रुपैयाँ औषधि तथा स्वास्थ्य सामग्री खरिदमा मात्र खर्च भएको छ ।

क्वारन्टिन व्यवस्थापनमा चार करोड १९ लाख ९८ हजार र अन्य विविध खर्चका रूपमा १३ करोड चार लाख खर्च भएको जनाइएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयमार्फत स्वास्थ्य पूर्वाधार निर्माणमा ९८ करोड ५० हजार, स्वास्थ्य मन्त्रालयमा दुई अर्ब ७१ करोड २९ लाख ४७ हजार निकासा भएकोमा अहिलेसम्म एक अर्ब ५८ करोड ५२ लाख खर्च भएको छ ।

त्यस्तै, रक्षा मन्त्रालयमा दुई अर्ब ३८ करोड ५९ लाख निकासा भएकोमा दुई अर्ब ४० करोड २४ लाख खर्च भएको छ । गृह मन्त्रालयमार्फत दुई करोड ४५ लाख, परराष्ट्र मन्त्रालयमा ६५ लाख निकासा भएको पाइएको छ । पर्यटन मन्त्रालयमा छ करोड निकासा भएकोमा पाँच करोड २० लाख रुपैयाँ खर्च भएको छ ।

सहरी विकास मन्त्रालयमा एक करोड ४२ लाख, सातै प्रदेशका सामाजिक विकास मन्त्रालयहरू मार्फत १५ करोड ७५ लाख रुपियाँ खर्च भएको जनाइएको छ । यसैगरी, प्रदेश सरकारमार्फत एक अर्ब ३० करोड चार लाख खर्च भएको जनाइएको छ । स्थानीय तहबाट दुई अर्ब ९८ करोड ५१ लाख ९४ हजार रुपियाँ खर्च भएको पाइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *