Main News

संविधान संशोधनको ऐतिहासिक घडीमा एकताबद्ध हुन उपप्रम पोखरेलको आव्हान

हिमालय टिभी
२०७७ जेठ ३१ गते ७:४५
संविधान संशोधनको ऐतिहासिक घडीमा एकताबद्ध हुन उपप्रम पोखरेलको आव्हान

३१ जेठ, २०७७ काठमाडौं । उपप्रधान एवम् रक्षा मन्त्री ईश्वर पोखरेलले संविधान संशोधनको ऐतिहासिक घडीमा सिंगो राष्ट्रलाई एकजुट हुन आव्हान गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र समेटिएको नक्सालाई नेपालको निशाना छापमा प्रतिबिम्बित गर्नेगरी संविधान संशोधन सम्बन्धी प्रस्ताब निर्णयार्थ प्रस्तुत गरिदैछ ।

मन्त्री पोखरेलले हिजो सँझ एक वक्तब्य जारी गर्दै नेपाली जनताले लामो समयदेखि प्रतीक्षा गरिरहेको यस विशेष दिनलाई स्वागत गर्न र सिंगो राष्ट्र यस विषयमा एक रहेको यथार्थलाई पुनः पुष्टि गर्न आग्रह गर्नुभएको छ ।

कोरोना व्यवस्थापनलाई लिएर पछिल्लो समय काठमाडौंमा युवाहको समूहले विरोध प्रदर्शन गर्दै आएको छ । आजको संसदबाट राष्ट्रियताका पक्षमा ऐतिहासिक काम हुन लागेको भन्दै देशभर जारी आन्दोलन आजका लागि स्थगित गरिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *