Main News

गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित थपिए

हिमालय टिभी
२०७७ जेठ ३० गते ९:२३
गण्डकी प्रदेशमा ३७ जना कोरोना संक्रमित थपिए

३० जेठ, २०७७ कास्की । गण्डकी प्रदेशमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आज बिहान प्रेस विज्ञप्ती जारी गरेर संक्रमित बढेको जानकारी दिएको हो । स्याङजाका २२, पर्वतका १३, तनहुँ र नवलपुरका १÷१ जनामा कोरोना संक्रमण देखिएको निर्देशनालयले जनाएको छ ।

स्वास्थ्य निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार स्याङजाको गल्याङ नगरपालिकाका १८ जना, वालिङ नगरपालिका २ जना, अर्जुनचौपारी गाउँपालिकाका १ जना र स्थानीय तहको ठेगाना नखुलेका स्याङजाकै १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पर्वतको कुश्मा नगरपालिकाका १० जना, पैयुँ र बिहादी गाउँपालिकाका १÷१ जना सहित पालिका नखुलेका १ जनामा कोरोना पुष्टि भएको छ ।

तनहुँको घिरिङ गाउँपालिकाका १ जना र नवलपूरको मध्यबिन्दु नगरपालिकका १ जनामा कोरोना पुष्टि भएको हो । गण्डकी प्रदेशमा अहिले सम्म कुल संक्रमितको संख्या १ सय ८८ पुगेको छ । निको हुनेको संख्या ११ पुग्दा १ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *