Main News

बंगलादेशका रहेका नेपालीको उद्धारमा विदेशी विमान कम्पनी प्रयोग गरिने

हिमालय टिभी
२०७७ जेठ २९ गते १९:४५
बंगलादेशका रहेका नेपालीको उद्धारमा विदेशी विमान कम्पनी प्रयोग गरिने

२९ जेठ, २०७७, काठमाडौं । बंगलादेशको ढाकाबाट जेठ ३२ गते हुने दुवै फ्लाइट विदेशी विमान कम्पनीका हुनेछन् ।

यस्तै असार १ गते नेपाल एयरलाइन्सले माल्दिभ्स र क्वालालम्पुरबाट नेपालीहरुलाई ल्याउने छ । सोही दिन हिमालय एयरलाइन्सले साउदी अरब र सिंगापुरका नेपालीहरुलाई ल्याउने छ ।

असार २ गते युएई र कतारबाट नेपाल एयरलाइन्सले तथा कुवेत, र श्रीलंका र माल्दिब्सबाट हिमालय एयरलाइन्सले नेपालीलाई स्वदेश ल्याउने छ ।

असार ३ गते अष्ट्रेलिया, बैंकक र बहराइनबाट नेपाल एयरलाइन्सको उडान हुने छ भने हिमालय एयरलाइन्सले बंगलादेश र कतारबाट उडान भर्ने छ । त्यसै दिन अमेरिकाबाट एक विदेशी एयरलाइन्सको पनि उडान हुने पर्यटन मन्त्रालयलले सार्वजनिक गरेको उडान तालिकामा उल्लेख छ ।

जेठ ४ गते नेपाल एयरलाइन्सले साउदी र युएईका नेपालीलाई काठमाडौं ल्याउने छ । त्यही दिन हिमालय एयरलाइन्सले क्वाललम्पुर र मस्कटबाट उडान भर्ने छन् ।

यस्तै असार ५ गते जापान र कुवेतबाट नेपाल एयरलाइन्सले तथा साउदी र नाइजेरीबाट हिमालय एयरलाइन्सले उडान गर्ने छन् ।

उडान तालिका अनुसार असार ६ गते साइप्रस, क्वालालम्पुर र कतारबाट नेपाल एयरलाइन्सका तीन उडान हुने छन् । सोही दिन हिमालय एयरलाइनसले युएई र बंगलादेशबाट नेपालीलाई ल्याउने छ । असार ६ मै ईयूको एउटा फ्लाइट हुने पर्यटन मन्त्रालयको तालिकामा उल्लेख छ ।

यस्तै असार ७ गते दक्षिण कोरिया र ओमानबाट नेपाल एयरलाइन्सले नेपालीको उद्धार गर्ने छ । कुवेत र क्वालालम्पुरबाट हिमालय एयरलाइन्सले जहाजको उडान हुने छ ।

८ असारमा अष्ट्रेलिया र बैंककबाट नेपाल एयरलाइन्सको तथा पाकिस्तान र कतारबाट हिमालय एयरलाइन्सको उडान हुने छ ।

२३ जुनमा जापानको नारिता र मालेबाट नेपाल एयरलाइन्सको तथा युएई र युगान्डाबाट हिमालय एयरलाइन्सको उडान हुने तालिका छ ।

असार १० गते नेपाल एयरलाइन्सको मात्र फ्लाइट छ । त्यो दिन नेपाल एयरलाइन्सले साउदी र कुवेतका नेपालीलाई उद्धार गर्ने छ ।

११ असारमा नेपाल एयरलाइन्सको वाइड बडीले जापानका नेपालीलाई उद्धार गर्दा हिमालय एयरलाइन्सले साइप्रस र इजरायलबाट उडान गर्ने छ ।

यी उडान तालिका यात्रुको उपलब्धताको आधारमा परिवर्तन पनि हुन सक्ने पर्यटन मन्त्रालयले जनाएको छ । साथै ८५ प्रतिशत यात्रु भएमात्र उडान हुने पनि मन्त्रालयले जनाएको छ । यात्रुहरुले पीसीआर वा आरडीटी नेगेटिभ रिपोर्टको प्रमाणपत्र पेश गर्नुपर्ने छ ।

विदेशबाट उद्धार गरिने नेपालीहरुलाई होटल क्वारेन्टिनमा राख्ने सरकारको नीति छ । क्वारेन्टिनको रूपमा प्रयोग गर्ने होटलहरुको सूची सरकारले यसअघि नै सार्वजनिक गरिसकेको छ । त्यहाँ बस्ने नेपालीले खर्च भने आफै तिर्नु पर्ने सरकारले स्पष्ट पारेको छ ।

बंगलादेशको भाडा १९ हजार ८ सय रुपैयाँ तोकिएको छ । माल्दिभ्सका लागि भाडा ७१ हजार ४ सय, मलेसियाका लागि ६२ हजार ४ सय रुपैयाँ भाडा तोकिएको छ । साउदी अरबको दमामबाट ७० हजार ८ सय रियादबाट ७५ हजार ६ सय र जेद्दाहबाट ९२ हजार ४ सय रुपैयाँ लाग्ने छ ।

दुबई र युएईका लागि ६० हजार, कतार र बहराइनका लागि ६५ हजार ४ सय, ओमानका लागि ६१ हजार जोर्डन ९७ हजार ८ सय, कुवेत ६८ हजार ४ सय रुपैयाँ भाडा तोकिएको छ । जापानको नारिताका लागि १ लाख १२ हजार २ सय रुपैयाँ भाडा तोकिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *