Main News

कुवेतबाट ३ सय नेपाली महिला श्रमिक आज स्वदेश फर्कने

हिमालय टिभी
२०७७ जेठ २९ गते ८:०८
कुवेतबाट ३ सय नेपाली महिला श्रमिक आज स्वदेश फर्कने

२९ जेठ, २०७७, काठमाडौं । कुवेतबाट आममाफीमा सहभागी ३ सय महिला आज स्वदेश फर्कने भएका छन् । हिजो उडान गर्ने तयारी भएपनि प्रक्रिया नटुंगिएका कारण आजबाट मात्रै कुवेतबाट श्रमिक फर्किने भएका हुन्।

दुई वटा जहाजमार्फत कुवेत सरकारले नै आममाफीमा सहभागी भएर आश्रय क्याम्पमा बसिरहेका महिलालाई कुवेतले काठमाडौं ल्याइदिन लागेको हो।

सबै प्रक्रिया टुंग्याएर आज दुई वटा उडानमा नेपाली आउन लागेको कुवेतमा लागि नेपाली राजदूत दुर्गाप्रसाद भण्डारीले जानकारी दिनुभयो । विमानस्थल कार्यालयका प्रमखु देवेन्द्र केसीले नेपाली सेनाले ११ बजेतिर दुइवटा जहाज आउने जारकारी गराएको बताउनु भयो ।

कुवेत सरकारले भिसाको अवधि सकिएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा कागजातबिहीन भएका विदेशी नागरिकलाई आममाफीमा सहभागी गराएर आफ्नै जहाजमार्फत स्वदेश फर्काइदिइरहेको छ ।

आममाफीमा नेपालीसहित अरु देशका नागरिक पनि सहभागी छन् । उनीहरुलाई कुवेतले यसअघि नै स्वदेश फर्काइसकेको छ । नेपाल सरकारको मापदण्डअनुसार कुवेतले नेपाल फर्कनेहरुको कोरोना जाँच पनि आफैंले गरिदिने छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *