Political Hightlights

संशोधन प्रस्ताव तत्काल फिर्ता लिन सरिता गिरीलाई निर्देशन, कारबाही गर्न युवा संघ र तरुण दलको माग

हिमालय टिभी
२०७७ जेठ २८ गते १८:४७
संशोधन प्रस्ताव तत्काल फिर्ता लिन सरिता गिरीलाई निर्देशन, कारबाही गर्न युवा संघ र तरुण दलको माग

२८ जेठ, २०७७ काठमाडौं । सर्वत्र विरोध भैरहे पनि समाजवादी पार्टीकी सांसद सरिता गिरीका राष्ट्रिय हितविरोधी गतिविधि रोकिएका छैनन् ।

गिरिले आज सरकारले प्रस्ततु गरेको संविधान संशोधन विधेयकको मूल उद्देश्यनै खारेजीको माग गर्दै संशोधन दर्ता गर्नुभएको छ ।

पार्टीको नीतिविपरीत गिरीले संशोधन दर्ता गरेपछि समाजवादी पार्टीले संशोधन फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिएको छ ।

संघीय संसद सचिवालयमा दर्ता गराएको संशोधन प्रस्तावमा नेपालको संविधानको अनुसूची ३ मा रहेको निसान छाप संशोधन गरेर नेपालको अद्याविधक नक्साअ नुसारको नक्सा राख्ने बुँदा हटाउनुपर्ने माग छ ।संविधान संशोधन गलत हो भन्ने गिरिको जिकिर छ ।

तर पार्टीमा सल्लाह नगरी, संसदीय दलको निर्देशन बिना संशोधन हालेको भन्दै समाजवादी पार्टीले सांसद गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।

संविधान संशोधन प्रस्तावको समर्थन गरेको समाजवादी पार्टीका सचेतक उमाशंकर अरगरियाले संविधान संशोधन विधेयकमाथि दर्ता गरेको संशोधन प्रस्ताव फिर्ता नलिए कारबाही गर्ने चेतावनी दिनुभएको छ ।

गिरिले केही समय यता लगतार देशको हित विपरीतका गतिविधि गरिरहनुभएको छ । कहिले भारतलाई किन नसोधेको त कहिले लिम्पियाधुरा नेपालको होइन भन्नेसम्मका अभिव्यक्ति गिरीले दिँदै आउनुभएको छ ।

यसैबीच सत्तारुढ नेकपा निकट राष्ट्रिय युवा संघ र प्रमुख विपक्षी नेपाली कांग्रेस निकट तरुण दलले जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीलाई कारवाही गर्न माग गरेका छन ।

प्रेस विज्ञप्ति निकालेर युवा संघ र तरुण दलले नेपालको राष्ट्रिय हितविपरीत अभिव्यक्ति दिने गिरिलाई कारवाही गर्न संघीय संसद र जनता समाजवादी पार्टीसँग माग गरेका हुन् ।

सांसद गिरिले अंसवैधानिक, राष्ट्रहित प्रतिकुल एवम देशको स्वाभिमानमाथि आँच आउने अभिव्यक्ति र राष्ट्रहित विपरीतको हर्कत गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्