Main News

प्रधानमन्त्री ओलीले भने–राष्ट्रपतिको विरोध गर्नु गणतन्त्रमाथिको प्रहार हो (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २८ गते १६:०२
प्रधानमन्त्री ओलीले भने–राष्ट्रपतिको विरोध गर्नु गणतन्त्रमाथिको प्रहार हो (भिडियोसहित)

२८ जेठ, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपतिमाथि हुने विरोधलाई आफूले गणतन्त्रमाथिको प्रहारका रूपमा लिएको बताउनु भएको छ ।

प्रतिनिधि सभामा प्रधानमन्त्री ओलीले जेमा पनि राष्ट्रपतिको विरोध गर्ने र दलगत रूपमा हेर्नु उचित नभएको बताउनुभयो ।

गणतन्त्रको विरोध गर्नेहरु राष्ट्रपतिमाथि खनिने गरेका छन् । कार्पेट कहाँनेर राखियो प्रधानमन्त्रीले थाहा पाउँछ ? त्यो गर्ने काम हो प्रधानमन्त्रीको ? जे मा पनि राष्ट्रपतिको विरोध गर्ने र दलगत रुपले हेर्ने कुरा उचित होइन । दुवो काटेर चौरी चिटिक्क पारियो । अहिले चौरी चिटिक्क पार्ने कि कोरोनाका विरुद्ध लड्ने भन्ने ?

प्रधानमन्त्री ओलीले भन्नुभयो “राष्ट्रपतिविरुद्ध लगातार,अनवरत, हरेक स–साना निहुँमा आक्रमणको तारो बनाइन्छ । मैले त्यसलाई गणतन्त्रविरुद्धको एउटा साजिसको रुपमा मात्रै, गणतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र गणतन्त्र ठिक होइन भन्ने कुरालाई लैजाने रुपमा बुझेको छु । के गर्नुपर्थ्यो त राष्ट्रपतिले ? चुप लागेर बस्ने राष्ट्रपति चुप लागेर बस्या छ । त्योभन्दा बढी राष्ट्रपतिले के गर्नुपर्थ्यो ?”

उहाँले राष्ट्रपतिलाई निष्पक्ष मर्यादित संस्थाको रुपमा व्यवहार गर्नुपर्नेमा जोड दिनुभयो । राष्ट्रप्रमुख तर कार्यकारी अधिकार नभएको राष्ट्रपतिको रुपमा सम्मानित संस्थाको रुपमा राख्ने गरिएको भन्दै उहाँले जुनसुकै विषयमा सम्मानित संस्थामाथि आक्रमण गरिनु नहुने भन्दै त्यस्तो प्रवृत्ति छोड्न आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो “गणतन्त्रको विरोध गर्नेहरु राष्ट्रपतिमाथि खनिने गरेका छन् । कार्पेट कहाँनेर राखियो प्रधानमन्त्रीले थाहा पाउँछ ? त्यो गर्ने काम हो प्रधानमन्त्रीको ? जे मा पनि राष्ट्रपतिको विरोध गर्ने र दलगत रुपले हेर्ने कुरा उचित होइन । दुवो काटेर चौरी चिटिक्क पारियो । अहिले चौरी चिटिक्क पार्ने कि कोरोनाका विरुद्ध लड्ने भन्ने ? अनि राष्ट्रपतिले कोरोनाका विरुद्ध नलड चौरी चिटिक्क पार भन्या हो र ? ”

प्रधानमन्त्री ओलीले राष्ट्रपतिमाथि खनिने कुरामा हौसिन नहुनेसमेत बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *