Main News

कालिकोटमा टिपर दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु, ६ जना बेपत्ता

हिमालय टिभी
२०७७ जेठ २८ गते १२:१६
कालिकोटमा टिपर दुर्घटना हुँदा कम्तीमा दुई जनाको मृत्यु, ६ जना बेपत्ता

२८ जेठ, २०७७ कालिकोट । कालिकोटमा आज विहान भएको टिपर दुर्घटनामा २ जनाको मृत्यु भएको छ । ६ जना हराएका छन् ।

नरहरीनाथ गाउँपालिका वडा नम्बर १ लालिबजारबाट रास्कोट जाँदै गरेको टिपर कर्णाली ननीमा खसेको हो । ननीबाट दुई जना महिलालाई मृत अवस्थामा निकालिएको कालिकोटका प्रहरी निरीक्षक यक्षराज जोशीले जानकारी दिनुभयो ।

४ जना घाइतेलाई उपचारका लागि जिल्ला अस्पताल पठाइएको छ । घाइतेले दिएको जानकारीका आधारमा अझै ६ जना नदीमा बेपत्ता रहेको उहाँले बताउनुभयो ।

नेपाली सेना, प्रहरी र स्थानीय मिलेर बेपत्ता भएकाहरुको खोजी गरिरहेका छन् । भारतबाट घर फर्किएका नागरिकलाई रासकोट नगरपालिकामा रहेको क्वारन्टिनमा लैजाने क्रममा टिपर दुर्घटना भएको हो ।

भारतबाट आएका नागरिकलाई लालिबजारबाट रास्कोट लैजाँदै गरेको टिपर दुर्घटनामा परेको प्रहरीले जनाएको छ । टिपरमा १७ जना सवार थिए ।

दुर्घटना स्थल कालिकोट सदरमुकाम मान्मदेखि करिब २० किलोमिटर टाढा पर्छ । कर्णाली र तिला नदीको संगमस्थलमा टिपर खसेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *