Main News

प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

हिमालय टिभी
२०७७ जेठ २८ गते ८:०५
प्रधानमन्त्री ओलीले आज संसदमा सम्बोधन गर्ने

२८ जेठ, २०७७ काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै हुनुहुन्छ ।

संसद भवन बानेश्वरमा बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीले सम्बोधन गर्न लाग्नु भएको हो ।

विनियोजन विधेयक अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपति एवं उपराष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरु माथिको छलफलमा उठेका प्रश्नहरुको प्रधानमन्त्रीले जवाफ दिन लाग्नुभएको हो ।

प्रधानमन्त्रीको जवाफ लगत्तै २६ जना सांसदहरुले फरक फरक दर्ता गराएका खर्च कटौतीका प्रस्तावहरु निर्णयार्थ पेश हुने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

बैठकमा अर्थमन्त्री डा। युवराज खतिवडाले विनियोजन विधेयक निर्णयार्थ पेश गर्नुहुने छ ।

यस्तै आर्थिक, राष्ट्र ऋण उठाउने विधेयक र ऋण तथा जमानत विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव पेश हुने कार्यसुची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *