Main News

अस्ट्रेलियामा उद्धारको सूचीमा १३ सय, नेपाल एयरलाइन्सले किन ११ जना मात्र लिएर आयो ?

हिमालय टिभी
२०७७ जेठ २८ गते ८:०२
अस्ट्रेलियामा उद्धारको सूचीमा १३ सय, नेपाल एयरलाइन्सले किन ११ जना मात्र लिएर आयो ?

२८ जेठ, २०७७ काठमाडौं । सरकारको सूचीअनुसार अष्ट्रेलियाबाट तत्कालै १३ सय नेपालीलाई उद्धार गर्नुपर्ने अवस्था छ । तर हिजो राति अष्ट्रेलियाको राजधानी क्यानबेराबाट ११ जनामात्रै नेपाली लिएर नेपाल एयरलाइन्सको विमान काठमाडौं ओर्लिँएको छ ।

विमानको २६० भन्दा बढी सिट खाली थिए। यसअघि नेपाल एयरलाइन्स दुई पटक अष्ट्रेलियामा पुगेर रित्तै फर्किएको थियो ।

यसपटक सरकारले विदेशमा अलपत्र नेपालीको उद्धार सुरु गरिसकेकाले अष्ट्रेलियाबाट एकतर्फी भाडा तिरेर नै नेपाली फर्काउने अपेक्षा गरिएको थियो । अष्ट्रेलियास्थित नेपाली दूतावासले स्वदेश फर्किन चाहने र समस्यामा परेका नेपालीले हवाई भाडा तिर्नुपर्ने भन्दै सूचना निकालिसकेको थियो ।

तर, सोमबार अष्ट्रेलिया गएको विमानमा ११ जना मात्रै नेपाली फर्किन पाए । उनीहरुलाई प्राथमिकतामा राखेर उद्धार गरिएको सरकारले बताएको छ । फर्किएका नेपालीमध्ये ५ जना दूतावासको प्राथमिकताको सूचीमा थिए ।

क्यानबेरा नै पुगेको विमान सुटुक्क केही यात्रु मात्रै टिपेर नेपाल फर्किएपछि त्यहाँ अलपत्र अन्य नेपालीले समाजिक सञ्जालमा आक्रोश पोखेका छन् ।अष्ट्रेलियाभन्दा अन्य देशका नागरिकको उद्धार बढी महत्वपूर्ण र प्राथमिकतामा नपरेकाले अन्यलाई नल्याइएको सरकारी अधिकारीहरुको तर्क छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *