Main News

लकडाउनको नयाँ मोडालिटी आज टुंगो लाग्ने, यस्तो छ तयारी

हिमालय टिभी
२०७७ जेठ २८ गते ७:४३
लकडाउनको नयाँ मोडालिटी आज टुंगो लाग्ने, यस्तो छ तयारी

२८ जेठ, २०७७ काठमाडौं । सरकारले आज आगामी लकडाउनको मोडालिटी टुंगो लगाउने भएको छ।

हिजोलाई तय गरिएकफ मन्त्रिपरिषद बैठक आज दिउँसो दुई बजे बस्ने र उक्त बैठकले लकडाउनको मोडालिटी टुंगो लगाउने भएको हो ।

सरकारले दसैंसम्म लकडाउन लम्बाउन परे चार चरण, तिहारसम्म लम्ब्याउन परे पाँच चरणमा गरी लकडाउन खोल्ने तयारी गरेको छ ।

यसअघि क्राइसिस म्यानेजमेण्ट कमिटी सीएमसीले १० चरणमा गरी लकडाउन खोल्न उच्चस्तरीय समितिलाई प्रस्ताव पेश गरेको थियो। कोरोना नियन्त्रणका लागि सरकारले लकडाउन जारी गरेको आगामी असार ११ गते तीन महिना पुग्दैछ।

लकडाउनका कारण मुलुकको अर्थतन्त्रमा ठूलो धक्का पुग्नुका साथै जीवनयापन संकटमा परेको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सरकारमाथि चर्को दबाब परेको छ।

पहिलो चरणमा उद्योग, कलकारखाना चलाउन दिने, दोस्रो चरणमा निजी सवारी साधन संचालन गर्न दिने, तेस्रोमा सार्वजनिक सवारी साधन र आन्तरिक हवाई सेवा चल्न दिने, पाँचौमा पठनपाठन, सिनेमा, होटेल, रेस्टुरेन्ट, धार्मिक संस्था खोल्न दिने सरकारको योजना छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *