Main News

संविधान संशोधन प्रक्रिया अघि बढ्यो, प्रतिनिधि सभाबाट सर्वसम्मतीले स्वीकृत

हिमालय टिभी
२०७७ जेठ २७ गते २१:११
संविधान संशोधन प्रक्रिया अघि बढ्यो, प्रतिनिधि सभाबाट सर्वसम्मतीले स्वीकृत

काठमाडौैं : नेपालको नयाँ नक्सासहितको निशान छाप राख्न सरकारले ल्याएको संविधान संशोधन विधेयक प्रतिनिधि सभाबाट सर्वसम्मतीले स्वीकृती भएको छ । विधेयक स्वीकृत भएको सभामुखले अग्नी सापकोटाले घोषणा गर्नुभयो ।

विधेयकको स्वीकृतीसँगै संशोधनका लागि अगाडि बढेको छ। अब सरकारले ल्याएको संशोधन विधेयक माथि संशोधन गर्न सांसदहरुले ७२ घण्टाको समय पाउनेछन् । त्यसअघि प्रतिनिधिसभामा सांसदहरुले विधेयकको सैद्धान्तिक छलफलमा भाग लिएका थिए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संशोधन विधेयकको समर्थनको घोषणा बैठकमा गरेको थियो । त्यस्तै मधेश केन्द्रीत दुई दल राजपा र समाजवादी मिलेर बनेको जनता समाजवादी पार्टीले पनि संशोधनको समर्थन गरेको थियो ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँडले संशोधनको पक्षमा आफ्नो पार्टीले केन्द्रीय समितिले निर्णय गरेको जानकारी गराउनु भएको थियो। समाजवादी पार्टीका सांसद राजेन्द्र श्रेष्ठले राष्ट्रियताको विषय बाह्य र आन्तरिक हुने भएकाले राष्ट्रिय स्वाधिनता र भौगोलिक अखण्डताको पक्षमा आफ्नो पार्टी रहेको बताउनु भएको थियो । त्यस्तै राजपा सांसद लक्ष्मणलाल कर्णले आफूहरुको राष्ट्रियतामा शंका नगर्न आग्रह गर्नुभयो । कानून मन्त्री शिवमाया तुम्बाहाङ्फेले विधेयकको छलपलमा जवाफ दिने क्रममा दलहरुबीच एक मत देखिएकोमा खुसी व्यक्त गर्नुभयो उहाँले नेपालले अब भूमि फिर्ता लिने र त्यसको भोगचलन समेत गर्ने दाबी गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *