Main News

कोरोना परीक्षणको माग गर्नेमाथि लाठी र पानीको फोहोरा प्रहार (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २७ गते २०:२०
कोरोना परीक्षणको माग गर्नेमाथि लाठी र पानीको फोहोरा प्रहार (भिडियोसहित)

२७ जेठ, २०७७ काठमाडौं । कोरोना महामारी रोक्न सरकारले गरिरहेको हरेक काममा प्रश्न उठ्न थालेको छ । त्यसैले सरकारसँग जवाफ खोज्दै केही नागरिक आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगे ।

सरकार भनिरहेको छ–मुलुकलाई कोरोना संक्रमणबाट बचाउनु मुख्य कार्यभार हो । तर नागरिकलाई त्यो विश्वास छैन । किनकी सरकार जे गर्छु भनिरहेको छ, त्यो गरिरहेको छैन, त्यसैले सामाजिक अभियन्ता, व्यवसायी र राजनीतिक कार्यकर्ता प्रश्न लिएर प्रधानमन्त्री निवास बालुवाटार पुगे । र, धर्ना बसे ।

लकडाउनको साढे २ महिना हुँदा नागरिक कसरी बाँचेका छन् रु अब कसरी बाँच्छन् रु यसमा सरकारको ध्यान छैन । त्यसैले अहिलेको स्वरुपको लकडाउन अर्थहीन लागेको छ, उनीहरुलाई । अझ घर भित्र थुनेर कर मागेकोमा आक्रोश बढी छ

यो प्रश्न गर्न आम मान्छे बाध्य छन, किनकी सरकारले गर्छु भनेको कुरा उनीहरुसम्म पुगेको छैन । सरकार मात्रै लकडाउन गरिरहेको छ अर्थात नागरिकलाई घर थुनेर बसिरहेको छ ।

लकडाउनको साढे २ महिना हुँदा नागरिक कसरी बाँचेका छन् रु अब कसरी बाँच्छन् रु यसमा सरकारको ध्यान छैन । त्यसैले अहिलेको स्वरुपको लकडाउन अर्थहीन लागेको छ, उनीहरुलाई । अझ घर भित्र थुनेर कर मागेकोमा आक्रोश बढी छ ।

आरडीटी परिक्षण रोक्न धेरैले सुझाव दिएका छन, तर सरकारले सुनेको छैन । यो विषयमा पनि प्रदर्शनकारीले सरकारको ध्यानाकर्षण गरेका छन । आरडीटी रोक्न र शतप्रतिशत पीसीआर परिक्षण गर्न उनीहरुको माग छ ।

प्रदर्शनकारीले खास देशभक्त को हो रु र, देशभक्तले के गर्छन भनेर पनि सरकारमाथि प्रश्न उठाएका छन । सरकारले मुलुक बचाउँछु भनिरहेका बेला उनीहरु भने खास देशभक्तले सरकारबाट देशलाई बचाउनुपर्छ भनेर नारा मात्रै लगाएनन, सरकारमाथि कडा प्रहार पनि गरे ।

यति विषय उठाउँदा उनीहरुले राज्यका तर्फबाट जवाफ पनि पाए, त्यो पनि नकारात्मक । प्रहरीले सरकारमाथि प्रश्न उठाउनेमाथि पानीको फोहरा हान्यो ।तर पनि उनीहरु भिडिरहे । र, सरकारका काम कारवाहीमाथि प्रश्न उठाईरहे ।

हुन त सरकारले यसलाई आफूविरुद्धको षडयन्त्र भन्न र सरकारलाई बदनाम गर्ने प्रयास पनि भन्न सक्छ । तर सरकारले आफ्नो कार्यशैली सच्याएर परिणाम दिन नसके यस्ता प्रदर्शन दिनहुँ हुनेछन र संख्या पनि बढ्दै जानेछ । त्यसैले सरकारले बेलैमा सोचोस ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *