Political Hightlights

ऐतिहासिक तथ्य स्वीकार गरे कालापानीलगायतका सीमा समस्या समाधान हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली

हिमालय टिभी
२०७७ जेठ २७ गते १८:०८
ऐतिहासिक तथ्य स्वीकार गरे कालापानीलगायतका सीमा समस्या समाधान हुन्छः परराष्ट्रमन्त्री ज्ञवाली

२७, २०७७, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले भारतले ऐतिहासिक तथ्य स्वीकार गरेमा कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत क्षेत्रमा नेपालसँगको सीमा विवाद समाधान हुने बताउनुभएको छ ।

प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री ज्ञवालीले नेपालले कुनै अतिरिक्त चाहना नराखेकाले भारतले नेपालको भूमि फिर्ता गर्नुपर्ने र समस्या समाधान गर्नुपर्ने बताउनुभयो । तर भारतले नेपालसँग वार्ता गर्न नचाहेको र चीनसँग वार्ता गरिरहेकोमा आफू अचम्मित भएको बताउनुभयो ।

मन्त्री ज्ञवालीले वार्ताबाटै समस्या समाधान हुने पनि विश्वास व्यक्त गर्दै त्यसैका लागि प्रयास गरिरहेको पनि जानकारी दिनुभयो ।

भारतले नेपालसँग सीमा विवादबारे छलफल गर्न कोरोना भाइरसको संक्रमण अन्त्य हुनुपर्ने सर्त अगाडि सारेको छ ।तर चीनसँग भने सीमाका विषयमा वार्ता गरिरहेको छ । यसबाट भारतको दोहोरो र हेपाहा चरित्र थप पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्