Political Hightlights

एमसीसी पारित नभए अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोगको वातावरण बिग्रन्छः अर्थमन्त्री खतिवडा

हिमालय टिभी
२०७७ जेठ २७ गते १७:४७
एमसीसी पारित नभए अन्तर्राष्ट्रिय सम्बन्ध र सहयोगको वातावरण बिग्रन्छः अर्थमन्त्री खतिवडा

२७ जेठ, २०७७ काठमाडौं । अर्थमन्त्री डाक्टर युवराज खतिवडाले एमसीसी सम्झौता तोड्न नहुने बताउनुभएको छ ।

प्रतिनिधिसभामा सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री खतिवडाले सम्झौता तोडेमा अमेरिकासँगको सम्बन्ध र अन्तर्राष्ट्रिय सहयोगको वातावरण बिग्रिने बताउनुभयो ।

सत्तारुढ दल नेकपाभित्र र संसदमा पनि विवाद रहेकाबेला अर्थमन्त्री खतिवडाले एमसीसी संसदले पारित गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

एमसीसी सम्झौतामा रहेका विषय सच्याउने सन्दर्भमा अर्थमन्त्रीले कूटनीतिक जवाफ दिनुभएको छ । नेकपाका नेताहरूले सम्झौता नै नेपालको हित विपरीत भएको बताइरहेका बेला अर्थमन्त्रीले भने सहायक सम्झौतामा सच्याउन सकिने बताउनुभयो ।

नेकपाले एमसीसी अध्ययन गर्नका लागि वरिष्ठ नेता झलनाथ खनालको नेतृत्वमा समिति गठन गरेको थियो । कार्यदलले सम्झौतामा संशोधन नगरी संसदबाट पारित गर्न नहुने प्रतिवेदन दिएको छ ।

प्रतिवेदनमाथि सत्तारुढ दलभित्र पटकपटक छलफल भएपनि सहमति हुन सकेको छैन । नेकपामा सहमति नहुँदा एमसीसी संसदबाटअघि बढ्न सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्