Main News

नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०८५ पुग्यो

हिमालय टिभी
२०७७ जेठ २७ गते १६:२९
नेपालमा थप ३२३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४०८५ पुग्यो

२७ जेठ, २०७७ काठमाडौं । कोरोना भाइरस (कोभिड–१९)को संक्रमणका कारण थप १ जनाको मृत्यु भएको छ ।

चितवन भरतपुर अस्पतालमा एकजना पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ । मन्त्रालयले आयोजना गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले चितवन भरतपुर ११ का एकजना पुरुषको मृत्यु भएको बताउनुभयो ।

सोमबार साँझ मात्रै कोरोना पोजेटिभ पुष्टि भएका उनमा ज्वरो, निमोनिया, सुगर र उच्चरत्तचापको समस्या रहेको प्रवक्ता गौतमले बताउनुभयो । यसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १५ पुगेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा ३ सय ३२३ जना नयाँ संक्रमित थपिएका छन् । प्रवक्ता गौतमका अनुसार २ सय ९२ जना पुरुष र ३१ जना महिलामा पीसीआर परीक्षण गर्दा कोभिड–१९ पोजेटिभ देखिएको हो । यससँगै नेपालमा हालसम्म कोरोना संक्रमण पुष्टि हुनेको संख्या ४ हजार ८५ पुगेको छ । जसमध्ये ३ हजार ७ सय ९८ पुरुष र २ सय ८७ पहिला रहेका छन् ।

यस्तै अहिलेसम्म १ लाख ६ हजार ३ सय ३१ पीसीआर परीक्षण भएको छ । यस्तै १ लाख ६६ हजार १ सय ५८ आरडीटि परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ५ हजार ३ य ५३ पीसीआर परीक्षण भएको छ भने ९ हजार १ सय ६७ आरडिटी परीक्षण भएको छ ।

प्रवक्ता गौतमका अनुसार देशभर १ लाख ६५ हजार ७ सय ७५ जना व्यक्तिहरु क्वारेन्टाइनमा रहेका छन् । यस्तै आइसोलेसनमा रहेका संक्रमितहरुको सख्या ३ हजार ४ सय ८७ रहेको छ । हालसम्म डिस्चार्ज हुनेको संख्या ५ सय ८४ पुगेको छ । जसमध्ये ५ सय ७ जना पुरुष छन भने ७७ जना महिला रहेका छन् । पछिल्लो २४ घण्टामा संक्रमण निको भई घर जानेको संख्या ९६ रहेको छ । उनीहरु मध्ये ८८ जना पुरुष र ८ जना महिला रहेका छन् ।

संक्रमित जिल्लाहरुको संख्या ७२ पुगेको छ । आज इलाम जिल्लामा पनि पहिलोपटक संक्रमण फेला परेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *