समाज

गैरआवासीय नेपाली संघ माल्टाले दियो सामूहिक राजीनामा

हिमालय टिभी
२०७७ जेठ २७ गते ८:०२
गैरआवासीय नेपाली संघ माल्टाले दियो सामूहिक राजीनामा

२७ जेठ, २०७७, माल्टा । गैरआवासीय नेपाली संघ एनआरएनए माल्टा कार्यसमितिले सामूहिक राजीनामा दिएको छ।

माल्टामा श्रमिक लैजान बिचौलियाको काममा एनआरएनए माल्टाका पदाधिकारीहरु नै संग्लग्न रहेको रिपोर्ट हिमालय टेलिभिजनले प्रसारण गरेपछि १९ जना सदस्यीय कार्यसमितिले नै राजिनामा गरेको हो।

तर राजीनामा पत्र र छानविन प्रतिबेदन भने एनआरएनए केन्द्रिय सचिवालयमा पुगिसकेको छैन।

आँफूहरु माथि गम्भिर आरोप लागेकाले नैतिकताको आधारमा छानविनका लागि सहयोग गर्न राजिनामा पेश गरेको पत्रमा उल्लेख छ। राजिनामा गराएर यस बिषयलाई यत्तिकै सल्टाउन केन्द्रिय नेतृत्वले समेत दवाव दिएको आरोप लागेको छ।

तर संघका केन्द्रिय महासचिव डा‍। हेमराज शर्माले भने आफूहरुको कुनै प्रभाव वा दवाव नरहेको भन्दै खण्डन गरेका छन्। माल्टा कार्यसमितिलाई अब के गर्ने बिषयमा शनिबार बस्ने एनआरएनए केन्द्रिय सचिवालयको बैठकमा छलफल हुने भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *