Main News

कोरोना संक्रमित र सम्भावित संक्रमित एउटै क्वारन्टिनमा, त्रासमा सम्भावित संक्रमित (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २६ गते १९:५४
कोरोना संक्रमित र सम्भावित संक्रमित एउटै क्वारन्टिनमा, त्रासमा सम्भावित संक्रमित (भिडियोसहित)

२६ जेठ, २०७७ दाङ । दाङमा कोरोना संक्रमितलाई पनि क्वारन्टिनमा नै राखिएको छ । अस्पतालमा आइसोलेसन बेड खाली भए पनि संक्रमितलाई अस्पताल नलगी क्वारन्टिनमा राख्दा त्रास बढेको छ ।

त्यस्तै ध्ये दाङको घोराहीस्थित कुहिरे पानी क्वारन्टिन पनि एक हो । यो क्वारन्टिनमा संभावित कोरोना संक्रमित मात्र हैन, कोरोना संक्रमण पुष्टि भइसकेका समेत छन । कुहिरेपानीमा मात्र हैन, बंङ्लाचुली गाउँपालिकाले संचालन गरेको क्वारन्टिनमा पनि कोरोना संक्रमित छन् ।

सरकारले पछिल्लो पटक कोरोना संक्रमण भएका तर कुनै असर नदेखिएकालाई अस्पताल नलैजाने निर्णय गरेपछि उनीहरुलाई अस्पताल नलगि क्वारन्टिनमा नै राखिएको हो । जसका कारण संक्रमितको आत्मबल कमजोर त भएको छ नै, सम्बन्धित क्वारेन्टाइनमा बस्ने अरुलाई पनि संक्रमणको त्रास बढेको छ ।

सरकारले कोरोना संक्रमितको उपचारका लागि दाङका राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती प्रादेशिक अस्पताल तुलसीपुरलाई हव अस्पतालका रुपमा स्थापना गरेको थियो । तर यी दुई अस्पतालमा एक जना पनि कोरोना संक्रमितलाई लगिएको छैन ।

यस्तै बेलझुण्डीमा सय शैयाको कोरोना विशेष अस्पताल पनि सञ्चालनमा छन् । जहाँ ५५ जना संक्रमितलाई राखिएको छ । १ सय शैया भनिए पनि ५५ जना संक्रमित भर्ना गर्ने वित्तिकै बेलझुण्डी अस्पतालले बेड खाली नभएको भनेर नयाँ संक्रमितलाई भर्ना लिन अस्वीकार गरेको छ । त्यसपछि प्रशासनले अरु अस्पतालमा संक्रमितलाई राख्न पहल गरेको थियो । तर कसैले पनि संक्रमितलाई स्वीकार गरेनन् ।

कोरोना संक्रमित राखेपछि अरु विरामी नआउने डरमा निजी अस्पताल पछि हटेका छन् ।

सरकारले निजी अस्पताललाई भाडामा लिएर भए पनि कोरोना संक्रमितलाई भर्ना गर्ने व्यवस्था मिलाउनु पर्ने चिकित्सक संघको सुझाव छ ।

दाङ्गमा संक्रमित बढ्दै गएका छन् । सबै अस्पतालमा आइसोलेशन वार्ड छैनन् । भएकाले पनि संक्रमित लिन मान्दैनन् । त्यसैले प्रशासनले स्थानीय तहलाई नै आइसोलेसन वार्ड बनाउन भनेको छ ।

कोरोना संक्रमितलाई पनि क्वारेन्टिनमा नै राख्ने र असर देखिएकालाई मात्र अस्पताल भर्ना गर्ने सरकारको तयारी छ । तर उनीहरुलाई कसरी राख्ने भन्ने कुनै योजना छैन । त्यसैले समस्या देखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *