Main News

अब मोबाइलमार्फत जनताको हातहातमा कानूनी जानकारी पुर्‍याइनेछः कानूनमन्त्री तुम्बाहाङ्फे

हिमालय टिभी
२०७७ जेठ २६ गते १२:३२
अब मोबाइलमार्फत जनताको हातहातमा कानूनी जानकारी पुर्‍याइनेछः कानूनमन्त्री तुम्बाहाङ्फे

२६ जेठ, २०७७, काठमाडौं । कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङफेले सबै जनतामा न्यायको पहुँच पुर्‍याउने सवालमा केन्द्रित भएर सरकारले काम गरिरहेको बताउनुभएको छ ।

प्रतिनिधिसभाको सोमबारको बैठकमा विनियोजन विधेयक २०७७ अन्तर्गत मन्त्रालयहरुको विभिन्न शीर्षकहरुमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिदै मन्त्री तुम्बाहाङफेले पीडितले न्याय पाउनुपर्छ भन्ने पक्षमा सरकार रहेको र सबैलाई न्यायको प्रत्याभुति गराउनेतर्फ सरकार सचेत रहेको बताउनुभयो ।

उहाँले मोबाइल एप्सको माध्यमबाट हातहातमा कानूनको जानकारी पुर्‍याउने किसिमको व्यवस्था मिलाउनेतर्फ मन्त्रालय लागिरहेको बताउनुभयो । न्यायमा समान पहुँचका लागि आवश्यक कार्यक्रमहरु प्रस्तावित गरिएको भन्दै उहाँले एकीकृत कानूनी सहायता नीति कार्यान्वन संगै कानूनी सचेतना अभियानलाई आगामी बर्ष प्रभावकारी ढंगले अघि बढाइने बताउनुभयो ।

मौलिक हकसँग जोडिएका ऐन कार्यान्वयनका लागि आवश्यक नियमावलीहरु बन्ने क्रममा रहेको स्पष्ट पार्नुभयो । उहाँले २ वटा ऐनको नियमावली बनाउन आवश्यक नभएको र बाकी १४ वटा मध्ये आवासको अधिकार सम्बन्धी ऐन र खाद्य अधिकार तथ खाद्य सम्प्रभुता सम्बन्धी ऐनको नियमावली अन्तिम चरणमा पुगेको स्पष्ट पार्नुभयो ।

उहाँले खाद्य अधिकार तथा खाद्य सम्प्रभुता सम्बन्धी ऐनको नियमावलीबारे कृषि तथा पशुपंक्षी मन्त्रालयले आफ्नो काम गरिसकेको र खुलेपछि प्रदेश र स्थानीय तहसंग छलफल गरेर अन्तिम टुंगो लगाईने स्पष्ट पार्नुभयो ।

उहाँले आवासको अधिकार सम्बन्धी ऐनको नियमावली बनेर अर्थमन्त्रालयमा फाईल पुगेको र लकडाउनका कारण महान्यायधिवक्ताको कार्यालयको बैठक बस्न नसकेकाले अपराध पीडीत संरक्षण ऐन २०७५ को नियमावलीलाई अन्तिम टुंगोमा पुर्याउन नसकिएको स्पष्ट पार्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *