Main News

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या १४ पुग्यो

हिमालय टिभी
२०७७ जेठ २६ गते ८:१६
कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या १४ पुग्यो

२६ जेठ, २०७७, कास्की । कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचाररत स्याङजा वालिङ नगरपालिकाका ६० वर्षीय पुरुषको मृत्यु भएको हो ।

जेठ २३ गते अस्पतालमा भर्ना भएका पुरुषमा हिजो कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

२२ गते बाट स्याङ्जा आएका थिए । नाकामा अलपत्र परेको अवस्थामा वालिङ नगरपालिकाले उद्धार गरेको थियो । उनी पहिलेदेखि नै बिरामी थिए ।

स्याङ्जाबाट छोरीको सम्पर्कमा पोखरा पठाएको र पोखराबाटै अस्पताल भर्ना गरिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *