Main News

निरन्तरको लकडाउनका कारण सर्वसाधारण नागरिक ज्यानै गुमाउन बाध्य (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २५ गते २०:३१
निरन्तरको लकडाउनका कारण सर्वसाधारण नागरिक ज्यानै गुमाउन बाध्य (भिडियोसहित)

कोरोना संक्रमण रोक्नका लागि सरकारले लकडाउन गरेको साढे दुई महिना बितिसकेको छ । लकडाउनको बेलामा पाउनु पर्ने आधारभुत स्वास्थ्य सेवा नपाउँदा नागरिक समस्यामा परे । तर पनि नागरिकको यो समस्यामा सरकार अझै गम्भीर बनेको पाइँदैन ।

लकडाउनपछि अस्पतालले ओपिडी सेवा वन्द भयो । आम नागरिक लकडाउनको पालना गर्दै आफ्ना दुखाई सहेरै घर बसे । नियमित रुपमा स्वास्थ्य परीक्षण गराउनु पर्ने गर्भवतिले डाक्टरको मुखै देख्न पाएनन् । बालबालिकाले खोप लगाउन पाएनन् । परिवार नियोजन सेवा पनि उपलब्ध भएन । जसको नकरात्मक असर दीर्घकालीन रुपमा पनि रहने छ । त्यसैले सरकारले यस्ता समस्यामा ध्यान दिनुपर्ने जनस्वास्थ्य विज्ञ विनज्वाला श्रेष्ठको भनाइ छ ।

अस्पताल गए पनि उपचार नपाउने र उपचार पाए पनि कोरोना संक्रमणको जोखिम रहेका कारण धेरै गर्भवति घरमै सुत्केरी हुने गरेका छन् । जस्ले गर्दा मातृशिशु मृत्युदर बृद्धि भैरहेको छ । लकडाउनले उत्पन्न समस्याका कारण मानिसलाई मानसिक तनाव बढेको छ । र यसले आत्महत्याको दर पनि बढिरहेको छ । तर लकडाउनलाई मात्रै बढाएर अरु समस्यामा सरकारले आँखा चिम्लिने गरेको आरोप छ । त्यसैले विज्ञहरु अरु समस्यालाई वेवास्ता नगर्न सरकारलाई आग्रह गर्छन् ।

लकडाउन भएसँगै डायलासिसका विरामीहरु सबैभन्दा समस्यामा परेँ, समयमा नै डायलासिस गर्न नपाउँदा केही मिर्गौला विरामीको मृत्यु भइसकेको छ । तर सरकार नागरिकलाई समस्या परेको छ भन्ने स्वीकार्न तयार छैन । नागरिकलाई परेको समस्यामा सरकार गम्भिर रहेको र समस्या समाधानको पहल भइरहेको दावी सरकारको छ ।

सरकारले नागरिकको समस्या समाधानको पहल गरिरहेको दावी गरे पनि नागरिकले त्यो अनुभूति गर्न पाएका छैनन् । त्यसैले नागरिकले प्रत्यक्ष अनुभूति गर्ने गरी लकडाउनले पारेका असरको सरकारले समाधान गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *