Main News

नेपालमा सलह छिर्ने संकट तत्कालका लागि टरेको दाबी

हिमालय टिभी
२०७७ जेठ २५ गते ७:५५
नेपालमा सलह छिर्ने संकट तत्कालका लागि टरेको दाबी

२५ जेठ, २०७७, काठमाडौं । नेपालको पश्चिमी सीमाबाट छिर्ने प्रयासमा रहेका सलह फट्यांग्राको संकट तत्काललाई टरेको छ।

कृषि तथा पशुपक्षी विकास मन्त्रालयले विनाशकारी फट्यांग्रा भारतबाट नेपालमा तत्कालका लागि प्रवेश गर्न नसक्ने दाबी गरेको छ।

मन्त्रालयअन्तर्गतको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका अनुसार सलह किराका लागि प्रतिकूल मौसम सुरु भएकाले नेपालमा तत्काल यसको प्रवेश हुने छैन।

मनसुनी वर्षा सुरु भएसँगै नेपालमा यो फट्यांग्राको प्रवेश रोकिएको हो । सलह फट्यांग्राको प्रवेश रोकथाम र नियन्त्रणका लागि मन्त्रालयले कार्यदल नै गठन गरेर अध्ययन गरेको थियो ।

यस बारे थप कुराकानी गर्नका लागि सरकारले गठन गरेको कार्यदलका संयोजक तथा प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईं हामीसँग प्रत्यक्ष जोडिनु भएको छ ।

उक्त फट्यांग्राको एक बथान अफ्रिकाबाट इरान र पाकिस्तान हुँदै भारत छिरेको थियो। अर्को बथान हिन्द महासागर हुँदै भारतमा प्रवेश गरेको थियो।

भारतको दिल्ली, उत्तर प्रदेश, मध्यप्रदेश, महाराष्ट्रलगायत स्थानमा यसको बथान प्रवेश गरिसकेको अवस्थामा नेपालमा पनि पश्चिमी सीमाबाट छिर्ने सरकारले पूर्वअनुमान गरेको थियो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *