आर्थिक

सुर्खेतमा रोजगारमूलक योजना सञ्चालन हुँदा मजदुरलाई आंशिक राहत (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २४ गते १८:१६
सुर्खेतमा रोजगारमूलक योजना सञ्चालन हुँदा मजदुरलाई आंशिक राहत (भिडियोसहित)

२४ जेठ, २०७७, सुर्खेत । लकडाउनले विकास निर्माण लगायत रोजगारीका क्षेत्र ठप्प हुँदा दैनिक ज्याला मजदुरी गर्नेहरु बढी प्रभावित छन् । तर लकडाउनमा सुर्खेतका केही क्षेत्रमा स्थानीय स्तरमै रोजगारमूलक योजना सञ्चालन गरिएको छ । यसले दैनिक मजदुरी गर्नेलाई राहत पुगेको छ ।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको वडा नम्बर ४ खोर्केदेखि वीरेन्द्रनगर १४ को गढी जोड्ने चार किलोमिटर पदमार्गको निर्माणमा अहिले ६० जनाले रोजगारी पाएका छन् । अलकति योजना बनाउन सके स्थानीय स्तरमै पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने यसले देखाएको छ । मजदुरीबिना दैनिक छाक टार्न समस्या भएका नागरिकलाई पैदलमार्ग निर्माणले राहत दिएको छ ।

पदमार्ग निर्माणमा वडा नम्बर ४ का ६० जनाले रोजगारी पाएका छन् । सीप अनुसारको ज्याला पाएका उनीहरुलाई तीन वटा छुट्टाछुट्टै समुहमा विभाजन गरी काम लगाइएको छ । मजदुरलाई निर्माणस्थलमा आवश्यक स्वास्थ्य सावधानी अपनाएर निर्माण कार्यमा खटाउने गरिएको छ ।

पहिलो चरणमा करिव नौसय मिटर लामो सिंढीसहितको पदमार्ग बनाउने काम कर्णाली सरकारको ६८ लाख र स्थानीयको श्रमदान १७ लाख गरी ८५ लाख लागतमा निर्माण थालिएको हो । डिभिजन बन कार्यालयमार्फत निर्माण भइरहेको पदमार्गको प्राविधिक काम वीरेन्द्रनगर नगरपालिकाले गरिरहेको छ । पुरानो सदरमुकाम गढी पुग्ने छोटो बाटोलाई पैदलमार्ग बनाउन जेठ पहिलो सातादेखि काम शुरु गरिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *