Main News

कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, रिपोर्ट नआउँदै अन्त्यष्टि

हिमालय टिभी
२०७७ जेठ २४ गते १३:५४
कोरोना संक्रमणबाट नेपालमा थप एक जनाको मृत्यु, रिपोर्ट नआउँदै अन्त्यष्टि

२४ जेठ, २०७७, काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ पुगेको छ। डोल्पामा चार दिन अघि मृत्यु भएका ५८ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

डोल्पाको जगदुल्ला गाउँपालिका वडा नम्वर(३ घर भइ सुर्खेत बस्दै आएका ति व्यक्तिको जेठ २० गते मृत्यु भएको थियो । मृत्यु लगत्तै उनको अन्त्येष्टी समेत भइसकेको छ । तर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले ४ दिनपछि बल्ल उनमा संक्रमण रहेको पुष्टि गरेको छ ।

यही जेठ १८ गते नेपालगञ्जबाट डोल्पा पुगेका उनी घरमै बसेका थिए । घरमै जेठ २० गते मृत्यु भएपछि २ दिनपछि स्वाब संकलन गरेर परीक्षणका लागि प्रतिष्ठान पठाइएको थियो । उनको अन्त्येष्टिमा ५० भन्दा बढी स्थानीय सहभागी भएको बताइएको छ ।

सदरमुकाम दुनैबाट ३० कोष टाढा रहेको यो ठाउँमा कन्ट्याक्ट ट्रेसिङ गरेर अन्यको स्वाब संकलनका लागि समस्या हुने देखिएको छ । नेपालमा अहिलेसम्म १० जना मृतकमा पछि मात्रै संक्रमण पुष्टि भएको छ । हिजो पनि एकजनाको मृत्यु भएपछि कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *