Main News

बुटवल कोरोना विशेष अस्पतालबाट २७ जना कोरोना संक्रमित पीसीआर परीक्षणबिनै डिस्चार्ज

हिमालय टिभी
२०७७ जेठ २४ गते १२:५६
बुटवल कोरोना विशेष अस्पतालबाट २७ जना कोरोना संक्रमित पीसीआर परीक्षणबिनै डिस्चार्ज

२४ जेठ, २०७७ काठमाडौं । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा भर्ना भएका २७ जना कोरोना संक्रमितलाई पीसीआर परीक्षणविनै डिस्चार्ज गरिएको छ । घर पठाइएका रुपन्देहीका १८ र कपिलवस्तुका ९ जना छन् ।

१४ दिन आइसोलेसनमा बस्दासमेत कोरोना सँग मिल्दा लक्षण नदेखिएको भन्दै अस्पतालले उनीहरुलाई डिस्चार्ज गरेको हो ।

जेठ २० गते जारी गरिएको निर्देशिका अनुरुप नेगेटिभ रिपोर्ट नआए पनि उनीहरुलाई डिस्चार्ज गरिएको लुम्बिनी प्रादेशिक अस्पतालका प्रवक्ता डाक्टर विष्णु गौतमले जानकारी दिनुभयो। स्थानीय तहका स्वास्थ्य केन्द्रले उनीहरुको निगरानी गर्ने र कुनै लक्षण देखिएमा मात्रै अस्पतालमा भर्ना गरिने नीति अवलम्बन गरिएको छ ।

उनीहरूलाई लिन सम्बन्धित गाउँपालिकाले एम्बुलेन्स पठाएको अस्पतालले जनाएको छ । उनीहरुको ४ पटकसम्म जाँच गर्दा पनि रिर्पोट पोजेटिभ आएको थियो ।

अस्पतालमा अहिले १४ दिन पूरा नगरेका जनरल आइसोलेसनमा ३ जना र आइसियुमा ३ जना संक्रमित छन् । अस्पतालबाट १५ जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *