Main News

चितवन र बाजुरामा एक–एक जनाको शंकास्पद मृत्यु, कोरोना परीक्षण गरिँदै

हिमालय टिभी
२०७७ जेठ २४ गते १२:४१
चितवन र बाजुरामा एक–एक जनाको शंकास्पद मृत्यु, कोरोना परीक्षण गरिँदै

२४ जेठ, २०७७ काठमाडौं । चितवनस्थित भरतपुर अस्पतालको कोभिड आईसीयूमा एक जना र बाजुराको छेडेदह गाउँपालिकाको एउटा क्वारेन्टाइनमा एक जनाको मृत्यु भएको छ।

भारतबाट करिब दुई अघि घर फर्किएका माडी नगरपालिकाका २७ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको हो । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि हिजो दिउँसो आईसीयूमा भर्ना गरिएको थियो । मृतक पुरुषको कोरोना परीक्षणका लागि स्वाब संकलन गरिएको छ ।

त्यसैगरी बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ स्थित मष्टा आधारभुत विद्यालयको क्वारेन्टिनमा बसेका ६५ वर्षीय एक पुरुषको मृत्यु भएको छ ।

१५ जेठमा भारतबाट आएका वृद्धको आज बिहान मृत्यु भएको वडा नम्बर ७ का अध्यक्ष खगेन्द्र रावतले जानकारी दिनुभयो । दमको बिरामी रहेका उनलाई हिँजो साँझ दम बढेपछि औषधिसमेत खुवाइएको थियो ।

मृतकमा कोरोना संक्रमण थियो कि थिएन भनेर परीक्षणका लागि स्वाब संकलन गरिंदै छ । स्वाब संकलन गरेर रिपोर्ट आएपछि मात्र शवको व्यवस्थापन गरिने वडा अध्यक्ष रावतले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *