Main News

गण्डकी प्रदेशमा थप १७ जना कोरोना संक्रमित फेला, संक्रमित ७५ पुग्यो

हिमालय टिभी
२०७७ जेठ २४ गते ८:३९
गण्डकी प्रदेशमा थप १७ जना कोरोना संक्रमित फेला, संक्रमित ७५ पुग्यो

२४ जेठ, २०७७ पोखरा । गण्डकी प्रदेशमा आज थप १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै गण्डकीमा संक्रमित हुनेको संख्या ७५ पुगेको छ ।

आज स्याङजाको वालिङ नगरपालिकामा ८ जना, हरिनास गाउँपालिकामा २, पूर्वी नवलपरासीको विनय त्रिवेणी नगरपालिकामा ३, कास्कीको रुपागाउँपालिकामा २ तथा पोखरा महानगरपालिकामा एक जना र बाग्लुङको ताराखोला गाउपालिकामा एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनीहरु सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

नेपालमा हिजो २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै नेपालमा कुल संक्रमितको संख्या २ हजार ९ सय २९ पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *