Main News

लकडाउन खुकुलो बनाउने यस्तो छ योजना, ६ चरणको १२ हप्तामा के के हुन्छ ? (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २३ गते २०:३१
लकडाउन खुकुलो बनाउने यस्तो छ योजना, ६ चरणको १२ हप्तामा के के हुन्छ ? (भिडियोसहित)

२३ जेठ, २०७७, काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र, सीसीएमसीले ६ चरणको १२ हप्ते योजनासहित लकडाउन खोल्ने प्रस्ताव तयार गरेको छ । लकडाउन खुकुलो बनाउन सरकारमाथि दबाब परेपछि सीसीएमसीले योजना बनाएर कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी उच्चस्तरीय समितिमा प्रस्ताव समेत पेश गरेको छ ।

सीसीएमसीको प्रस्ताव अनुसार प्रत्येक दुई सातामा लकडाउन खुकुलो बनाइने छ। प्रस्तावित स्वरुपमा जर्जियाको ६ चरणको लकडाउन खुकुलो बनाउने प्रस्ताव छ । उच्चस्तरीय समितिमा पेश गरिएको प्रस्ताव अनुमोदनका लागि मन्त्रिपरिषदम पेश गरिनेछ ।

पहिलो चरणको मुल्याङन पछिका दुई साता सुरक्षात्मक उपाय अपनाएर ठूला शहरमा जोर–बिजोर प्रणालीमा निजी सवारी साधन जिल्ला भित्र मात्रै सञ्चालन गर्न पाइने उल्लेख छ। यस्तै सार्वजनिक सवारी साधन ५० प्रतिशत र ४० प्रतिशत यात्रुसहित आन्तरिक हवाई उडान भर्न पाइनेछ । घरेलु तथा साना उद्योग र अन्य ठूला उद्योग तथा कलकारखाना आंशिक खोल्न पाइने छ।

पहिलो चरण
जेठ ३२ गतेपछि पहिलो चरणमा दुई हप्ता सुरक्षात्मक उपायका साथ सबै कृषिजन्य उत्पादन कार्य आंशिक खोल्न दिने प्रस्ताव गरिएको छ। यस्तै डिपार्टमेन्टल स्टोर, मार्ट, किराना पसल, पानी र ग्यास डिपो आंशिक खोल्न दिने प्रस्ताव छ। विकास निर्माणका कार्य आंशिक खोल्न दिने प्रस्ताव गरिएको छ। होटल र रेस्टुरेन्टलाई होम डेलिभरीको अनुमति दिइनेछ। यस्तै फाईनान्स आंशिक खोल्ने, ई–कमर्स पूर्णरुपमा खोल्ने, मर्निङ वाक आंशिक गर्न दिइने प्रस्ताव छ।

दोस्रो चरण
पहिलो चरणको मुल्याङन पछिका दुई साता सुरक्षात्मक उपाय अपनाएर ठूला शहरमा जोर–बिजोर प्रणालीमा निजी सवारी साधन जिल्ला भित्र मात्रै सञ्चालन गर्न पाइने उल्लेख छ। यस्तै सार्वजनिक सवारी साधन ५० प्रतिशत र ४० प्रतिशत यात्रुसहित आन्तरिक हवाई उडान भर्न पाइनेछ । घरेलु तथा साना उद्योग र अन्य ठूला उद्योग तथा कलकारखाना आंशिक खोल्न पाइने छ।

तेस्रो चरण
दोस्रो चरणको मुल्याङन गरी दुई साता कृषि, दैनिक उपभोग्य बस्तु सामग्रीका लागि सबै पसल पूर्णरुपमा खोल्न दिने प्रस्ताव गरिएको छ। विकास निर्माणका कार्य तथा राष्ट्रिय गौरवका आयोजना पनि पूर्णरुपमा खोल्ने योजना छ। यो समयमा विद्यालय, कलेज र विश्वविद्यालयमा पठनपाठन र भर्ना प्रक्रिया सुरु गरिने छ। यो चरणमा अटो सर्भिसिङ र अटो पार्टर्स, ईलेक्ट्रीक र आइटी, कम्युटर मोबाइल मर्मत संभाारको सेवा सञ्चालनका लागि अनुमति दिइने छ।

तेस्रो चरणको बन्दाबन्दी मुल्याङकन गरी दुई हप्ता थप गर्ने योजना बनाइएको छ। यो चरणमा संक्रमित जिल्ला र संक्रमणरहित जिल्ला छुट्याइने छ। संक्रमणरहित जिल्लामा शिक्षा क्षेत्र बाहेक अन्य क्षेत्रमा सामाजिक दूरी कायम गरी बन्दाबन्दी हटाइने छ। सम्भव भएसम्म विद्यालय, कलेज र विश्वविद्यालय सञ्चालन गर्ने र भर्ना प्रक्रिया सुरु हुनेछ। मल तथा पर्यटकीय क्षेत्र, होटल तथा रेस्टुरेन्ट र विकास निर्माणका कार्य पूर्णरुपमा सञ्चालनमा आउनेछन्।यस्तै जिम, सम्पूर्ण खेलकुद, फेन्सी स्टोर, हजाम र ब्युटी पार्लर पूर्णरुपमा खोलिने छ।

चौथो चरण

पाँचौ चरण
चौथो चरणको बन्दाबन्दी मुल्याङन गरी २ हप्तामा अन्तर्राष्ट्रिय उडान भर्न अनुमति दिइने छ। यो समयमा धार्मिक स्थल पूर्णरुपमा खोल्न दिइनेछ । यसै चरणमा ‘लकडाउन टु लुजडाउन’ को रणनीति कार्यान्वयनबारे समग्र समिक्षा हुनेछ ।

छैठौ तथा अन्तिम चरण
यो चरणमा विश्व स्वास्थ्य संगठनले विश्वभर संक्रमण शुन्यको घोषणा गरेपछि सेवाहरु सामान्य अवस्था सरह नै पूर्णरुपमा प्रवाह गरिने प्रस्तावमा उल्लेख छ। लकडाउन खुल्ला गर्दा भयावह स्थिति पनि आउन सक्ने आँकलनसहित चुनौतिहरुबारे पनि उल्लेख गरिएको छ।

सरकारले जेठ ३२ गतेसम्म पुरानै किसिमको लकडाउन लागू गर्ने निर्णय गरेको पाँच दिनपछि बुधबार बसेको मन्त्रीपरिषद् बैठकले सीसीएमसीलाई दुई दिनभित्र लकडाउन ढाँचा तयार पार्ने जिम्मेवारी दिएको थियो । त्यसै अनुरुप सीसीएमसीले प्रस्ताव पेश गरेको हो । अब यस सम्बन्धि आवश्यक निर्णय मन्त्रिपरिषदले गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *