Main News

यूएईबाट १६८ र म्यानमारबाट फर्किए २६ जना नेपाली (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २३ गते १९:३५
यूएईबाट १६८ र म्यानमारबाट फर्किए २६ जना नेपाली (भिडियोसहित)

२३ जेठ, २०७७ काठमाडौं । कोरोना महामारीका कारण विदेशमा अलपत्र परेका नेपालीको आजदेखि उद्धार शुरु भएको छ । आज पहिलो चरणमा यूएईबाट १ सय ६८ र म्यानमारबाट २६ जना नेपाल आएका छन ।

नेपाली बोकेको जहाज म्यानमारबाट विहान र यूएईबाट बेलुकी काठमाण्डौ आईपुगेका थिए । एयर अरबियाको जहाजमा युएईबाट १ सय ६८ जना नेपाली काठमाण्डौ आएका छन् । जसमा १ सय ५५ जना पुरुष र १३ जना महिला छन् ।

जहाज दिउँसै आउने भनिए पनि नेपाली दूतावास र एयरलाइन्सबीच समन्वय नहुँदा उडानमा ढिलाइ भएको थियो । दूतावासले आफूले तयार पारेको सूची अनुसारका यात्रु लैजानु पर्ने बताए पनि एयरलाइन्सले त्यहाँका कम्पनीको सूची अनुसारका यात्रुलाई लैजाने बताएपछि ढिलाइ भएको थियो । र, अन्तिममा कम्पनीको सूचि अनुसारका यात्रु बोकेर जहाज काठमाण्डौ आएको हो ।

ट्रान्सगार्ड कम्पनीका ७९ जना र इजादा कम्पनीका ६७ जना सुरक्षा गार्ड नेपाल फर्केका छन् । अरु ११ जना अन्य कम्पनीमा कार्यरत थिए । उनीहरुलाई कम्पनीले विदा दिएर टिकटको व्यवस्था समेत गरेको थियो । उनीहरुलाई नेपाली सेनाले तोकिएको होल्डिङ सेन्टरमा लैजाने तयारी भइरहेको छ । थप जानकारी त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट सहकर्मी अनन्त वाग्लेबाट ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *