खेलकूद

एन्फाका अध्यक्षमाथि कारबाही माग गर्दै ज्ञापनपत्र पेस

हिमालय टिभी
२०७७ जेठ २३ गते १८:०७
एन्फाका अध्यक्षमाथि कारबाही माग गर्दै ज्ञापनपत्र पेस

२३ जेठ, २०७७, काठमाडौं । अखिल नेपाल फूटबल संघ एन्फाका अध्यक्ष कर्माछिरिङ शेर्पामाथि कारवाहीको माग गर्दै चार जिल्लाका अध्यक्षले राष्ट्रिय खेलकूद परिषदमा ज्ञापन पत्र बुझाएका छन् ।

तराई मधेशका जनतामा राष्ट्रियताको भावना कमजोर रहेको भन्ने अभिव्यक्तिप्रति आपत्ति जनाउँदै एन्फा ललितपुर, भक्तपुर, काठमाडौं र धादिङले शेर्पामाथि कारवाहीको माग गर्दै परिषद्का उपाध्यक्ष पिताम्बर तिम्सिनालाई बुझाएका हुन् ।

ज्ञापनपत्रमा काठमाडौंका अध्यक्ष विराट जंग शाही, ललितपुरका अध्यक्ष पुरुषोत्तम थापा र धादिङका दिपक खतिवडाको हस्ताक्षर छ । उपाध्यक्ष तिम्सिनाले पत्रमा उल्लेख भएका विषयमा बुझ्ने भन्दै एकीकृत ढंगले एन्फा चलोस् भन्ने चाहेको बताए । एउटा अनलाइन पोर्टलमा एन्फा अध्यक्ष शेर्पाले दिएको अभिव्यक्तिको सर्वत्र आलोचना भैरहेको छ ।

यो विषय संसदमा पनि उठेको छ । तर अध्यक्ष शेर्पाले विज्ञप्ति निकालेर माफी मागिसकेका छन् । उनले कुनै भाषा, बर्ग, धर्म, लिङ्ग र सम्प्रदायको राष्ट्रियतामा प्रश्न गर्ने अभिप्रायका साथ यस्तो नभनेको पनि बताएका छन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्