समाज

कोरोना बीमा कार्यक्रम आजदेखि पुनः शुरु

हिमालय टिभी
२०७७ जेठ २३ गते १७:४१
कोरोना बीमा कार्यक्रम आजदेखि पुनः शुरु

२३ जेठ, २०७७ काठमाडौं । बन्द गरिएको कोरोना बीमा कार्यक्रम आजदेखि पुन सुरु भएको छ ।

बीमा समितिले कोरोना बीमालेख पुनः विक्री गर्न स्वीकृति दिएसँगै कोरोना बिमा पोलिसीले निरन्तरता पाएको हो । वैशाख ७ गतेदेखि कार्यान्वयनमा आएको कोरोना बीमालेखमा जोखिम बहन गर्ने क्षमता नभएको भन्दै बिहीबार स्थगित गरिएको थियो ।

कोरोना बीमा बजेटमा समावेस गरिएको र राष्ट्रिय महत्वको कार्यक्रम समेत भएकोले केही परिमार्जन गरी पुनः विक्री गर्न स्वीकृति दिइएको बीमा समितिले जनाएको छ । बीमा कम्पनी, पुनर्बीमा कम्पनी, बीमा समिति र नेपाल सरकारबीच बीमालेखलाई निरन्तरता दिने सहमति भएको छ ।

अब जारी गरिने कोरोना बीमालेख अनुसार २०७७ चैत मसान्त सम्मको मात्रै जोखिम बहन हुनेछ । यससँगै आजदेखि बीमालेख खरिद गर्नेको आगामी चैत मसान्त सम्मका लागि मात्रै बीमा हुने छ । तर यसअघि खरिद गरेकाको हकमा भने पुरै एक वर्ष सम्म रहनेछ ।

१ अर्ब रुपैयाँ सम्मको जोखिम बीमा संस्थाहरुबाट हुनेछ । त्यस्तै पुनर्बीमा कम्पनीले १ अर्ब ५० करोड बराबरको जोखिम बीमा कम्पनीहरुको रिजर्भमा रहेको रकमबाट बहन हुनेछ । बाँकी जोखिम बीमा समिति र सरकारले बहन गर्नेछ ।

निर्जीवन बीमा कम्पनी, पुनर्बीमा कम्पनी र बीमा समितिको संयुक्त पहलमा जारी गरिएको कोरोना बीमामा अहिले सम्म ३ लाख २५ हजार नागरिक सहभागि छन् ।

अहिलेसम्म बीमा जोखिम ३० अर्ब रुपैयाँ पुगेको छ । क्षतिपूर्ति दाविका लागि बीमा सुरु भएको १५ दिनसम्म प्रतिक्षा गर्नुपर्ने छ भने भुक्तानीका लागि पीसीआर रिपोर्टमा कोरोना पोजेटीभ हुनुपर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *