Main News

कोरोनाका कारण एक जना युवाको मृत्यु, जुम्लामा क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

हिमालय टिभी
२०७७ जेठ २३ गते ९:०९
कोरोनाका कारण एक जना युवाको मृत्यु, जुम्लामा क्वारेन्टाइनमा बसेका युवकको मृत्यु

२३ जेठ, २०७७, सुर्खेत । पश्चिम सुर्खेतमा आरडीटी नेगेटिभ आएपछि क्वारेन्टिनबाट घर फर्किएका युवकको कोरोनाले मृत्यु भएको पुष्टि भएको छ ।

हिजो बिहान मृत्यु भएका पञ्चपुरी नगरपालिका-१ हाँसेका २० वर्षीय युवकको मृत्युपछि पीसीआर जाँच गर्दा पोजेटिभ आएपछि कोरोनाले मृत्यु भएको पुष्टि भएको कर्णाली प्रदेशकी सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

ती युवकको स्वाबको रिपोर्ट आज बिहान आएको कर्णाली प्रदेश स्वास्थ्य निर्देशनालयका प्रयोगशाला संयोजक ओम आचार्यले जानकारी दिनुभयो । यही जेठ ७ गते भारतबाट आएका उनी जनता मावि विद्यापुरको क्वारेन्टिनमा बसेका थिए ।

आरडीटी जाँच गर्दा नेगेटिभ आएपछि २१ गते दिउँसो घर गएका उनको सोही दिन राति २ बजे मृत्यु भएको थियो । मृत्यु भएपछि पीसीआर जाँचका लागि बिहीबार नै स्वाब संकलन गरी सदरमुका वीरेन्द्रनगर पठाइएकोमा राति नै रिपोर्ट पोजेटिभ आएको जानकारी आएको वडाध्यक्ष धनबहादुर थापाले जानकारी दिनुभयो ।

मृतक युवकको शवलाई प्रहरीले सुरक्षा दिइरहेको र दाहसँस्कारका लागि वीरेन्द्रनगरबाट सेनाको टोली आउने तयारी भएको छ । मृतक युवकसँगै जनता माविको क्वारेन्टाइनमा ५४ जना थिए । उनीहरुको कोरोना परीक्षण गर्दा तीन जनालाई पोजेटिभ देखिएको हो ।

युवकसँग बसेका पाँच जनाको रिपोर्ट भने नेगेटिभ आएको थियो । योसँगै नेपालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ भने कर्णालीमा मात्रै दुई जनाले ज्यान गुमाएका छन् । यसअघि दैलेखमा क्वारेन्टाइनमै मृत्यु भएका युवकमा पनि कोरोना पुष्टि भएको थियो ।

यसैबीच जुम्लामा क्वारेन्टिनमा बसेका एक युवाको मृत्यु भएको छ । जुम्लाको तलिउम स्थित क्वारेन्टिनमा वसेका एक जनाको मृत्यु भएको हो । स्वाव स‌‌कलनको लागि लागि चिकित्सक टोलि तलिउम गएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *