Main News

प्रदेश १ बाट कोरोना संक्रमणमुक्त भएर ३० जना डिस्चार्ज

हिमालय टिभी
२०७७ जेठ २२ गते १७:३६
प्रदेश १ बाट कोरोना संक्रमणमुक्त भएर ३० जना डिस्चार्ज

२२ जेठ, २०७७ विराटनगर । प्रदेश १ बाट आज ३० जना कोरोना संक्रमण मुक्त भएर अस्पतालबाट डिस्चार्ज भएका छन ।

विराटनगरस्थित कोशी कोभीड नाइन्टिन उपचार केन्द्रबाट २७ र धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गराइरहेका तीन जना डिस्चार्ज भएका हुन ।

केन्द्रमा उपचाररत ४१ मध्ये २७ जनाको पीसिआर परीक्षणमा कोरोनामुक्त देखिएपछि डिस्चार्ज गरिएको उपचार केन्द्रका जनस्वास्थ्य अधिकृत ज्ञानबहादुर बस्नेतले जानकारी दिनुभयो।

कोरोनामुक्त हुनेमा उदयपुरका ४, झापाका ७, मोरङका ६, सुनसरीका ४, सप्तरीका २ धनकुटाका ४ गरी जम्मा २७ जना छन् । यस अघि कोभिड १९ उपचार केन्द्रबाट ३० र धरानस्थित विपि कोइरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १८ जना गरी ४८ जना डिस्चार्ज भइसकेका छन् ।

त्यस्तै आज प्रदेश एकमा १६ जनामा संक्रमण पुष्टि भएको मन्त्री घिमिरेले जानकारी दिनुभयो । यो संगै प्रदेशमा संक्रमितको संख्या २ सय एक पुगेको उहाले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *