समाज

थप ३ सय ३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६ सय ३४ पुग्यो

हिमालय टिभी
२०७७ जेठ २२ गते १७:०८
थप ३ सय ३४ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या २६ सय ३४ पुग्यो

२२ जेठ, २०७७ काठमाडौं । कोरोना संक्रमितको संख्या दैनिक बढदै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार एकै दिन ३ सय ३४ जनामा संक्रमण देखिएको छ ।

जुन एक दिनमा संक्रमण हुनेमा अहिलेसम्मकै बढी संख्या हो । यससँगै कुल संक्रमितको संख्या २ हजार ६ सय ३४ पुगेको छ । मन्त्रालयले गरेको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले पछिल्लो २४ घण्टामा २ हजार ४ सय ५० जना पुरुस र १ सय ८४ जना महिला गरी ३ सय ३४ जनामा संक्रमण देखिएको छ । यस्तै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ । प्रवक्ता देवकोटाले पाच दिन अघि भारतबाट आएका पाल्पा जिल्ला पूर्वखोला गाउँपालिकाका एक जना पुरुसको तानसेन स्थिति मिसन अस्पतालमा जेठ २० गते मृत्यु भएको र स्वाब परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको बताउनुभयो ।

पछिल्लो २४ घण्टामा संक्रमण फेला पर्नेहरुमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा मोरङका १ जना, नारायणी अस्पताल विरगंजमा पर्साका १ जना, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठान विराटनगरमा झापाका ३ जना, ताप्लेजुङका १ जना, मोरङका १ जना र सप्तरीका १३ जना गरी १८ जना, हेटौडा स्थित प्रादेशिक प्रयोगशालामा बाराका ७, सिन्धुलिका १ र रौतहटका १ गरी ९ जना, पोखरामा गरिएको परीक्षणमा म्याग्दीका १, बाग्लुङका १०, पर्वतका ४ र स्याङ्जाका १ जना गरी कुल १६ जना, सेती प्रादेशिक अस्पतालमा डोटिका ३ जना, भेरी अस्पतालमा बाँकेका ४२ जना, धुलिखेल अस्पतालमा कपिलवस्तुका १७ जना, राष्ट्रिय स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका १५ जना, कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठानमा मुगुका १ र दैलेखका १ सय ५ जना गरी कुल १ सय ६ जना, कोशी अस्पतालमा झापाका २ जना र खोटाङका ३ जना गरि ५ जना, प्रादेशिक अस्पताल सुर्खेतमा दैलेखका ८ जना, र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा बारामा ५ जना, धनुसाका ६ जना, कपिलवस्तुका १२ जना, महोत्तरीका ३ जना, रौतहटका ६४ जना र सर्लाहिका ३ जना गरी कुल ९३ जनामा संक्रमण देखिएको छ । आज देखिएको संक्रमण भएका व्यक्तिहरुमा ३ सय १९ जना पुरुस र १५ जना महिला रहेका छन् ।

मन्त्रालयका अनुसार अहिले सम्म कुल ८४ हजार १ सय ३४ पीसीआर टेस्ट र १ लाख २५ हजार ५ सय ६४ आरडीटी परीक्षण भएको छ । पछिल्लो २४ घण्टामा ३ हजार ८ सय ६७ पीसीआर परीक्षण र ५ हजार १ सय ८५ आरडिटी परीक्षण गरिएको छ ।

अहिले सम्म २ सय ९० जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा नारायणी अस्पताल विरगंजबाट ५ जना र कलैया अस्पतालबाट ७ जनागरी १२ जना संक्रमित निको भइ डिस्चार्ज भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *