Main News

भारतमा यातायात सञ्चालन भएपछि काँकडभिट्टाबाट नेपाल प्रवेश गर्नेको भिड बढ्यो

हिमालय टिभी
२०७७ जेठ २२ गते ११:५९
भारतमा यातायात सञ्चालन भएपछि काँकडभिट्टाबाट नेपाल प्रवेश गर्नेको भिड बढ्यो

२२ जेठ, २०७७, काठमाडौं । भारतमा सार्वजनिक यातायात सञ्चालन भएसँगै काँकडभिट्टा नाकाबाट नेपाल प्रवेश गर्नेको भिड लागेको छ । उक्त नाकाहुँदै दैनिक सयौंको संख्यामा नेपाली स्वदेश प्रवेश गरिरहेका छन् ।

भारतका विभिन्न स्थानमा रोजगारीमा गएकाहरु रेल, बस र हवाईजहाजको माध्यमबाट सीमासम्म आइपुगेकाले उनीहरुलाई सुरक्षितरूपमा उद्धार गरेर मेचीनगर नगरपालिकाले सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा सम्बन्धित जिल्लासम्म पठाउने काम गरिरहेको नगरप्रमुख विमल आचार्यले बताउनुभयो ।

नाकामा सम्बन्धित जिल्ला जानेका लागि होल्डिङ सन्टर बनाइएको छ । अहिलेसम्म ९३ हजार बढीको पूर्वीनाकामा स्वास्थ्य परीक्षण गरिएको र प्राइमरी आइसोलेसन वार्ड बनाउने तयारी भइरहेको मेचीनगरका मेयर आचार्यले बताउनुभयो ।

नगरपालिकाको वडा नं ११ मा रहेको धाइनजन स्वास्थ्यचौकीमा ३० श्ययाको आइसोलेसनकक्ष बनाउने तयारी गरिरहेको हो । यसअघि सो स्वास्थ्यचौकीलाई क्वारेन्टिन बनाएर भारतलगायत तेस्रो देशबाट आएका नगरवासीलाई राखिएको नगरप्रमुख विमल आचार्यले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *