Main News

स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषद लैजाने स्वास्थ्य मन्त्रालयको निर्णय

हिमालय टिभी
२०७७ जेठ २२ गते ७:५७
स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषद लैजाने स्वास्थ्य मन्त्रालयको निर्णय

२२ जेठ, २०७७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य संकटकाल घोषणाको प्रस्ताव मन्त्रिपरिषदमा लैजाने निर्णय गरेको छ ।

हिजो मन्त्रालयमा बसेको बैठकले दुई हजारभन्दा बढी कोरोना संक्रमित देखिएकाले संक्रामक रोग ऐन २०२० अन्तर्गत संकटकाल घोषणाको प्रस्ताव गर्ने निर्णय गरेको हो ।

संक्रामक रोग ऐन अनुसार नेपालभर या देशको कुनै भागका मानिसमा कुनै संक्रामक रोग फैलिने देखिएमा सरकारले सो रोग रोकथाम गर्न सर्वसाधारण जनता वा कुनै व्यक्तिको समूह उपर लागु हुने गरी आवश्यक आदेश जारी गर्न सकिनेछ ।

मन्त्रालयको कोभिड इन्सिडेन्ट कमाण्ड सिस्टमका प्रमुख डा गुणराज लोहनीका अनुसार संक्रमणको दर बढ्दै जाँदा अस्पतालको बेड, क्वारेन्टिनको क्षमता, लजिस्टिक र जनशक्ति नपुग्ने भएकाले मन्त्रालय संकटकाल लगाउने निर्णयमा पुगेको हो ।

१० हजारभन्दा बढी मानिसमा संक्रमण भएको अवस्थामा मन्त्रालयले सबै अस्पतालमा कोरोनाका बिरामी राख्ने योजना बनाएको छ । त्यसबेला १५ सयभन्दा बढीलाई अक्सिजन चाहिन सक्छ भने पाँच सयभन्दा बढीलाई आईसीयू चाहिन सक्छ । यो चौथो चरणको रणनीति हो।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *