समाज

विदेशबाट नेपाली फर्काउनुअघि पर्याप्त तयारी गर्न सरकारलाई विज्ञहरुको सुझाव (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २१ गते १९:४२
विदेशबाट नेपाली फर्काउनुअघि पर्याप्त तयारी गर्न सरकारलाई विज्ञहरुको सुझाव (भिडियोसहित)

२१ जेठ, २०७७, काठमाडौं । सरकारले विदेशमा समस्यामा परेका नागरिक स्वदेश फर्काउने तयारी गरिरहेको छ । यसका लागि तयारी पनि अघि बढाइएको सरकारको भनाइ छ ।

स्वास्थ्य क्षेत्रका विज्ञले विदेशबाट नागरिक ल्याउनु अघि आन्तरिक तयारी राम्रोसँग गर्नुपर्ने सुझाव दिएका छन् ।

तेस्रो मुलुकबाट करिव ६ लाखको हाराहारीमा नेपाली नागरिक स्वदेश फर्कने सरकारको अनुमान छ । सरकारले यसरी नागरिक ल्याउन विभिन्न मापदण्ड पनि बनाएको छ । अहिले भारतबाट आएका नागरिक कै लागि क्वारन्टिनको गतिलो व्यवस्था हुन सकेको छैन ।

यसरी तेस्रो मुलुकबाट पनि लाखौंको संख्यामा नागरिक आउँदा व्यवस्थापनमा झन जटिलता आउन सक्ने संभावना छ ।

सरकारले विदेशबाट फर्किएकालाई कम्तिमा १४ दिन क्वारेन्टिनमा बस्नुपर्ने भनेको छ । सरकारले मात्रै नभई, स्वदेश फर्कन लागेका व्यक्तिका आफन्तले पनि यसमा महत्वपुर्ण भूमिका निर्वाह गर्नुपर्ने अर्का विज्ञ समिरमणी दीक्षितको भनाइ छ ।

विदेशबाट आफ्नो नागरिक स्वदेश फर्काउने सरकारको निर्णय प्रसंशनीय छ । तर उनीहरुको व्यवस्थापनमा सरकारले पूर्व तयारी भने अलि गतिलो सँग गर्नुपर्नेछ । नत्र अहिलेकै जस्तो भद्रगोल थप लम्बिने निश्चित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *