समाज

कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

हिमालय टिभी
२०७७ जेठ २१ गते १३:५०
कर्णालीमा थप १६ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या २७८ पुग्यो

२१ जेठ, २०७७, सुर्खेत । कर्णाली प्रदेशमा आज थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै कर्णालीमा संक्रमितको संख्या २७८ पुगेको छ ।

दैलेख र कालिकोटमा ७/७ तथा सल्यानमा थप दुई जनामा संक्रमण देखिएको हो ।

सुर्खेत र जुम्लामा गरिएको परीक्षणको क्रममा अछामका १० तथा बाजुरा र अछामका एक एक जनामा पनि कोरोना पुष्टि भएको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *