Main News

मापदण्डविपरीतका क्वारन्टिनः क्वारन्टिनमै ज्यान गुमाउन बाध्य नागरिक (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ २० गते २०:२५
मापदण्डविपरीतका क्वारन्टिनः क्वारन्टिनमै ज्यान गुमाउन बाध्य नागरिक (भिडियोसहित)

२० जेठ, २०७७, काठमाडौं । कोरोना संक्रमणको जोखिम कम गर्न भन्दै सरकारले विदेशबाट आउने नागरिकलाई क्वारन्टिनमा राखेको छ । तर पूर्वाधार, खानपानको अभाव र उचित स्वास्थ्य सेवा नहुँदा क्वारन्टिनमा राखिएकाहरु झन असुरक्षित भएका छन् । मानिसको जीवन रक्षाको कवच भनिएका क्वारन्टिन नै काल घर जस्तो बनेका छन् ।

नेपालका क्वारन्टिनमा भकाभक मानिस मर्न थालेका छन् । यसरी मृत्यु भएका मध्ये कतिपयमा कोरोना संक्रमण देखिएको छ भने कतिपयको कारण समेत खुल्न सकेको छैन ।

बाँकेको नरैनापुर गाउँपालिकाको दीपेन्द्र मावि भोजभगवानपुरको क्वारन्टिनमा बसेका २४ वर्षीय युवकको जेठ ४ गते बिहान मृत्यु भयो । नरैनापुर–५ नयाँ बस्तीका ती युवक वैशाख ३० गते भारतबाट आएपछि क्वारेन्टाइनमा बसेका थिए । उनलाई वाकवाकी लाग्यो । विहानको समय स्वास्थ्यकर्मी क्वारन्टिनमा उपलब्ध भएनन । उनको त्यही ज्यान गयो । वेहोस भएपछि अस्पताल लैजान खोज्दा एम्वुलेन्सले नमानेको स्थानीयले आरोप लगाए ।

सरकारले स्वदेशमै रहेकालाई लकडाउन भनेर घरमै थुनिरहेको छ । मुलुकवाहिरबाट आएकालाइ आधारभुत सुविधा समेत नभएका क्वारन्टिनमा भेडा वाख्रा जस्तै गरी खाँदिएको छ । यस्तो भद्रगोल अवस्थाकै कारण हो हरेक दिनजस्तो क्वारन्टिनमा नागरिकको ज्यान गइरहेको छ । यसरी क्वारन्टिनमा राखेर कोरोना नियन्त्रण भइरहेको छ की झन फैलिएको छ ? नागरिकको ज्यान बचाउन खोजिएको हो कि मार्न भन्ने गम्भीर प्रश्न उठेको छ ।

भारतबाट फर्किएर डडेल्धुराको क्वारन्टिनमा आमाबाबुसँगै बसेका ७ वर्षीय बालकको जेठ १८ गते बिहान मृत्यु भयो । १७ गते आमाबुवासँगै भारतबाट फर्किएर क्वारन्टिनमा बसेका नवदुर्गा गाउँपालिका वडा नम्बर ३ का ति बालकको कसरी मृत्यु भयो भनेर स्पष्ट हुन सकेन ।

दैलेखको दुल्लु नगरपालिकास्थित विद्युत प्राधिकरणको क्वारन्टिनमा रहेका ३५ वर्षीय पुरुषको जेठ १७ गते मृत्यु भयो । १० दिनअघि भारतको गुजरातबाट आएका उनी शनिबार बिहान एक्कासी बेहोस भएका थिए । उनी ढलेको ४ घण्टापछि मात्र स्वास्थ्यकर्मीको टोली क्वारन्टिन पुगेको थियो । त्यतिबेलासम्म उनको मृत्यु भइसकेको थियो ।

बर्दियाको गुलरिया नगरपालिका वडा नम्बर ७ स्थित बबई बहुमुखी क्याम्पसको क्वारन्टिनमा बसेका गुलरिया नगरपालिका–९ गोडियनपुरका ५५ वर्षीय पुरुषको जेठ १४ गते मृत्यु भयो । अत्तरियाबाट जेठ १३ गते मध्यराती बसमा क्वारन्टिन स्थल पुगेका उनको त्यसको भोलिपल्टै मृत्यु भएको थियो । उनको पनि कसरी मृत्यु भयो भनेर थाहा हुन सकेन ।

बैतडीको पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारन्टिनमा जेठ १९ गते २२ वर्षीया युवतीको मृत्यु भयो । उनी केही दिनअघि मात्रै भारतबाट आएकी थिइन । ती युवतीले दमको उपचार गराइरहेको बताइए पनि मृत्युको कारण खुलेको छैन ।

यी त केहि उदाहरण मात्रै हुन । यसवाहेक पनि नेपालका क्वारन्टिनमा अहिलेसम्म झण्डै एक दर्जन व्यक्तिको ज्यान गइसकेको छ । यी मध्ये कतिपयमा मृत्युपछि कोरोना संक्रमण भएको पुष्टि भएको छ । कतिपयको ज्यान जानुको कारण समेत खुलेको छैन । कोरोना संक्रमण नै भएपनि उपचार नपाएर क्वारन्टिनमै नागरिक ज्यान गुमाउन बाध्य भइरहेका छन् । सरकारले एक लाख संक्रमित भेटिएसम्का लागि सबै तयारी गरिसकेको बताइरहेको छ । तर सबैतिरका क्वारन्टिनको अवस्था दयनिय छ । विशेषगरी भारतसँग सीमा जोडिएका जिल्लामा ठुलो संख्यामा नागरिक क्वारन्टिनमा छन् ।

कुनै पनि रोगका शंकास्पद व्यक्तिलाई संक्रमण फैलिन सक्ने समयसम्म निगरानीमा राखिनुलाई क्वारन्टिन भनिन्छ । कोरोनाको हकमा १४ देखि १७ दिनसम्म शंकास्पद व्यक्तिलाई राखिन्छ । सरकारले क्वारन्टिनको मापदण्ड पनि बनाएको छ । तर नेपालका क्वारन्टिनमा त यी केहि पनि मापदण्ड पुरा भएका छैनन् । क्वारन्टिनमा बस्दा अन्य रोग लागे पनि उपचार नपाउने अवस्था देखिएको छ । कतिपय क्वारन्टिनमा त सौचालय समेत नभएको खवर आइरहेका छन् ।

सरकारले स्वदेशमै रहेकालाई लकडाउन भनेर घरमै थुनिरहेको छ । मुलुकवाहिरबाट आएकालाइ आधारभुत सुविधा समेत नभएका क्वारन्टिनमा भेडा वाख्रा जस्तै गरी खाँदिएको छ । यस्तो भद्रगोल अवस्थाकै कारण हो हरेक दिनजस्तो क्वारन्टिनमा नागरिकको ज्यान गइरहेको छ । यसरी क्वारन्टिनमा राखेर कोरोना नियन्त्रण भइरहेको छ की झन फैलिएको छ ? नागरिकको ज्यान बचाउन खोजिएको हो कि मार्न भन्ने गम्भीर प्रश्न उठेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *